
काठमाडौँ । हुम्लाका छक्कबहादुरा लामाको बहिरगमनको १३ दिनपछि र छिमी दाेर्जी लामाको नेकपा (माओवादी केन्द्र) मा आगमन भएकाे छ । पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले छिमीसँग छक्कको तुलना गर्न नमिल्ने बताएका छन् । छिमीलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले छक्क राजनीतिकभन्दा पनि व्यवसायीक भएको तर छिमी वास्तविक माओवादी र राजनीतिक गुणसहितको नेता भएको बताए ।
संगठन निर्माण तथा माओवादीलाई हुम्लामा जनयुद्धकालमा स्थापित गर्न छिमीको अहम् भूमिका रहेकोले उनको सम्मान गर्न लायक व्यक्तित्व भएको धारणा व्यक्त गर्दै भने,“तपाईँको लगानी त्याग तपस्या र बलिदानी यस पार्टीमा छ र माया पनि यतै लाग्छ, छक्कको छैन र त उहाँलाई अवसर ठूलो लाग्छ ।” छक्कलाई अन्तिमसम्म रोक्ने प्रयास गरे पनि सकिएन माओवादी हराउन जानुभा थियो हुम्लामा अब जिताउन आउनु भएको छ जिताउनुस एमाले हराउनै पर्छ, उनले थपे ।
संविधान साभाका सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य छिमी दर्जी लामा २०७८ पुषमा नेकपा (एमाले) मा प्रवेश गरेका थिए, तर उनि एक वर्ष नपुग्दै आफ्नो पुरानो घरमा फर्किका हुन् । उता छिमी स्तरकै छक्कबहादुर लामाले माओवादीमा टिकट नपाएपछि गत असोज १७ गते एमालेमा प्रवेश गरेका थिए ।
छक्कले २०७४ सालमा पनि आफूलाई पार्टीले टिकट नदिएको भनेर बागि उठेर उनै छिमीलाई हराएर सबैलाई छक्क पारेका थिए, संयोग पनि कस्तो छ भने हुम्लामा तिनै दुई पात्रको ५ वर्ष पहिले माओवादीमा हुँदा जस्तै एमालेमा पनि टिकटकै झमेला परेको हुम्ला पार्टी स्रोत बताउँछ ।
एमालेले हुम्ला ‘ख’ प्रदेशको टिकट छिमीलाई दिने ठिक्क पारेको थियो, तर छक्कले उनकै भागको टिकट हत्याउने दाउसहित एमाले छिरे र सफल पनि भए, तर उनकै ख प्रदेशका बलिया खम्बा छिमी नै पुरानो घरमा फर्की सके त्यसमाथि जीवन शाही जस्तो बलियो उम्मेद्वार समु छक्कको हार पक्का देखिएको छ ।