आज :

दैनिक रोजीरोटी खाेसिएकी शर्मिलाले बालेनलाई पठाइन यस्तो भावुक सन्देश, रसाए धेरैका आँखा

  • अनलाइन डबली

काठमाडौँ । टेकुस्थित प्रसूति गृहको दुई नम्बर गेटको अगाडि ठेलामा पानीपुरी र चटपटे बेच्दै परिवारको गुजारा गरिरहेकी शर्मिला तामाङको काठमाडौँ महानगरले रोजीरोटी खोसेपछि अहिले बिषयले मेयर बालेन साहको चौतर्फी आलोचना भइरहेको छ ।

शर्मिला तामाङको ठेला महानगरले उठाएपछि उनले बिलौना गरिरहेको भिडिओले महानगर र मेयर बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाइरहेको छ । गरिखाने भाँडोमा महानगरले कब्जा गरेपछि शर्मिलाका आँसु रोकिएका छैन, उनको अवस्था देख्ने जोकोहीको पनि आँखा रसाएका छन् ।

झण्डै २ वर्ष देखी सडकमा व्यापार गर्दै आएकी शर्मिलाका श्रीमान् दिलीप खड्का विगत तीन महिनादेखि बिरामी छन् । श्रीमान् बिरामी भएपछि घरको चुल्हो बाल्ने एक मात्रै सहारा थियो, महानगरले धुलीसाँध बनाएको उनको ठेला ।

शर्मिलाका अनुसार सो ठेला पनि उनले सहयोग स्वरूप प्राप्त गरेकी थिइन् । स्वास्थ्य अवस्थामा ठिकै भइदिए त उनका श्रीमान् दिलीप पुनः घर घरमा रगं लगाउन गएर घरको खर्च टार्थे होला तर अहिलेको अवस्थामा अब कसरी घरको खर्च टर्छ भन्ने प्रश्नको जवाफ शर्मिलासँग छैन ।

हुन त महानगरसँग उनको जम्काभेट पहिला पहिला पनि हुने गरेको थियो तर यसरी ठेला नै उठाएर लगेको हिजो नै पहिलो पटक हो । हिजोको दिनलाई सम्झिँदा पनि शर्मिलाका आँखा रसाउँछन् । घाँटीमा गाँठो पर्छ वाक्य फुट्दैन ।

महानगरका प्रतिनिधि आउँदै छन् भन्ने थाहा भइदिएको भए आफूले हिजो ठेला नै निकाल्ने थिइन भन्छिन् शर्मिला ।

हिजो उनी छिट्टै नै ठेला थन्काएर श्रीमानलाई अस्पताल लाने तयारीमा थिइन रे । परिस्थिति केही असहज भएपछि उनी त्यही अड्किइन अचानक महानगरको टोली आयो उनको ठेलाका सामान लछार पछार पर्‍यो ठेलालाई गाडीमा हाल्यो ।

रोजी रोटीको बाटो खोसिन थालेपछि ठेलालाई नै अँगालो हाल्दै शर्मिला पनि महानगरको गाडीमा उक्लिन, ठेला टेकु पुर्‍याइयो । ठेला छाडिइदिनका लागि उनले हार गुहार गरिन् । राई कराई गरिन् तर उनको आवाज सुनिदिने र दुःख बुझिदिने कोही थिइन् ।

अन्ततः उनको ठेलामा महानगरको डोजर चल्यो । उनले त्यो दृश्य लाचार भएर हेर्न बाहेक केही गर्न सकिनन्।  महानगरले आफ्नो पेटमा लात हान्दा पनि महानगर मेयर बालेन शाहप्रति उनको केही गुनासो छैन ।

उनको सन्देश छ-, ‘यसमा मेरो भन्नु केही छैन । बरु खै कुन चाहिँ बिरामीलाई मेयर बालेनले निः शुल्क उपचार गराइदिएको थियो रे । यसका लागि उहाँलाई धन्यवाद ।’

उनलाई आशा छ, परिआएको खण्ड मेयर शाहले उनको पनि निः शुल्क उपचार गरिदिने छन् । तर उनी अब फेरी सडकमा व्यापार गर्न जाने आँट र पुजी आफूसँग बाँकी नभएको बताउँछिन् ।

मेयरले शहरको लागि राम्रै गरेको तर गरिब जनताको लागि भने ठिक नगरेको उनको बुझाई छ । शर्मिला आफूलाई जस्तो बज्रपात अरू कसैलाई नहोस् भन्ने कामना गर्छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal