आज :

बालेनले ठेलागाडा खोसेर अलपत्र परेकी शर्मिलालाई धरानका मेयरले दिए एक महिनाको तलब

  • अनलाइन डबली

काठमाडौं । समान बेचेर बालबाच्चा पालिरहेकी शर्मिला तामाङको एउटा ठेलागाडामा काठमाडौं महानगरपालिकाले कब्जा गरेसँगै चौतर्फी विरोध भइरहेको छ । सानो बच्चालाई पाल्ने एउटै आधार ठेलागाडा मेयर बालेन शाहको आदेशमा प्रहरीले कब्जा गरेका थिए । शर्मिलाले रुँदै ठेलागाडा नलिन आग्रह गरेको दृश्यले धेरैको मन छोएको छ ।

नगर प्रहरीले जबरजस्ती गर्दै समानसहित ठेलागाडा लग्दै गर्दा शर्मिलाले अब यो क्षेत्रमा आफूले सामान नबेच्ने भन्दै नलिन आग्रह गरिरहेकी छन् । तर प्रहरीले भने उनकाे कुरा नसुनेर लग्यो । यो दृश्य अमानवीय भएको भन्दै मेयर बालेन शाहको विरोध भइरहेको छ । मेयर बालेन शाहको आदेश भन्दै नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए ।

यो दृश्यसँगै बालेनको विरोध भइरहेको बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् । साम्पाङले सामाजिक संजाल फेसबुकमा फोटो शेयर गर्दै भनेका छन्- यी बैनी को हुन् रु यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे ।

फुटपाथ सडक खाली गर्ने नाममाम मेयर बालेनले काठमाडौंमा देखाएका कतिपय अमानविय कार्यको सुरुदेखि नै विरोध गर्दै आइररहेका साम्पाङले यो कार्यको पनि विरोध जनाएका छन् । उनले मानिसहरुले बाच्न पाउनु पहिलो अधिकार भएको बताउँदै विकल्प तयार नभएसम्म उठिबास लगाउन नहुने बताउँदै आएका छन् ।

शर्मिलाले ठेलागाडा नलिन गरेको आग्रह नमानेको भन्दै आफ्नो बच्चा पाल्न आधार नै खोसिएको बताएकी छन् । उनले आफूले बालेनलाई नै भोट हालेको बताउँदै आफ्ना आशुले राम्रो नहुने समेत बताएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal