आज :

खेरसनका सर्वसाधारणलाई रुस जान अपील, उनीहरुको लागि निःशूल्क घरको व्यवस्था

  • अनलाइन डबली

काठमाडौं । खरसनका अधिकारीहरुले सर्वसाधारणलाई ज्यानको रक्षाको लागि रुस जान अपील गरेका छन् । जनमत संग्रहपछि रुसले नियुक्त गरेका नेता भ्लादिमिर साल्डोले सर्वसाधारणहरूलाई सो क्षेत्र छोडेर अध्ययन र समय बिताउन रुसमा जान अपील गरेका हुन् । उनले सो क्षेत्रका सर्वसाधारणलाई सहयोग गर्न रुससँग आग्रह समेत गरेका छन् ।

युक्रेनले सो क्षेत्रमा सर्वसाधारणलाई लक्षित गरेर रकेट हमला गरिरहेको र त्यसको जवाफ दिन रुसी सेनाले तयारी गरिरहेको बेला नेता सोल्डोले सो अपील गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनको आग्रहलाई रुसका उपप्रधानमन्त्री मरात खुस्नुलिनले पनि एक टेलिभिजन सन्देश मार्फत् समर्थन गरेका छन्।

क्षेत्रिय राजधानी समेत रहेको खेरसन भएको जनमत संग्रहपछि रुससँग गाभिएको थियो । केही दिनदेखि युक्रेनी फौजले खेरसनका केही क्षेत्रमा अन्धाधुन्द रकेट प्रहार गरिरहेको छ । उक्त क्षेत्रका बासिन्दाहरूलाई त्यहाँबाट बाहिरिएर देशका अन्य क्षेत्रमा पुग्न सरकारले सहयोग गर्ने निर्णय गरेको दक्षिणी रुस र क्राइमिया क्षेत्रका लागि विशेष जिम्मेवारी पाएका अधिकारीले बताएका छन् । उनले सबैलाई निःशुल्क आवाससहित आवश्यक सबै व्यवस्था गर्ने समेत बताए ।

खेअरसनबाट उद्धार गरिएका मानिसहरूको पहिलो समूह शुक्रवार रुसको रोस्तोभ क्षेत्रमा पुग्ने उक्त क्षेत्रका गभर्नर भासिले गोलुभलाई उद्धृत गर्दै रुसी सरकारी समाचार संस्था तासले जनाएको छ। खेअरसन क्षेत्रबाट आउन चाहने सबैलाई रोस्तोभ क्षेत्रले स्वीकार गर्छ र बसोबासको व्यवस्था पनि मिलाउँनने उनले बताए ।

जनमत संग्रहमा सो क्षेत्रका बासीहरुले आफूहरु रुससँग गाभिने पक्षमा मत व्यक्त गरेका थिए । त्यसपछि रुसले कानुन संशोधन गरेर सो क्षेत्रलाई रुससँग गाभ्दै उनीहरुलाई रुसी नागरिकको मान्यता दिएको छ । सो सम्बन्धी कानुनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्तक्षार समेत गरिसकेका छन् ।

युक्रेनले क्रिमिया पुलमा हवाई हमला गरेपछि रुसले एकै पटक एक सयभन्दा बढी मिसाइल प्रहार गरेका थियो । युक्रेनका १२ सहरमा एकै पटक शक्तिशाली मिसाइल प्रहार गरेको थियो । यसलाई पुटिनले क्रिमिया पुलमाथि भएको हमलाको जवाफ भएको बताउँदै यो पहिलो अध्यय मात्रै भएको चेतावनी समेत दिएका थिए । फेरि रुसको भूभागमा हमला गरिए त्यसको बदला लिने पुटिनले चेतावनी दिएका थिए । आजसम्म युक्रेनी फौजले त्यस्तो कुनै हमला गरेका छैनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal