आज :

अपर लोहरे हाइड्रोपावरले आईपीओ निष्काशनको लागि माग्यो बोर्डसँग अनुमति

  • अनलाइन डबली

काठमाडौं । अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले सर्वसाधारणलाई २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्ने अनुमति मागेको हो ।

आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले १३ असोजमा आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँको दरले आईपीओ निष्काशन गर्नेछ ।

उक्त हाईड्रोपावरले दैलेखको माथिल्लो लोहरे खोलामा ४ मेगावाट जडित क्षमताको अपर लोहरे खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal