आज :

प्रभु साह साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निष्कासित

  • अनलाइन डबली

काठमाडौँ । एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको छ ।

शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेका हुन् ।

साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ । साथै, एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ ।

एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टी विरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।उता कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ९ जना बागी उम्मेदवार कारवाहीमा परेका छन् ।यता निर्वाचनमा गठबन्धनका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका नेपाली कांग्रेसका ७ र माओवादी केन्द्रका २ सहित ९ जना कारवाहीमा परेका हुन् ।

नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले कैलाली निर्वाचन क्षेत्र नं. २ (ख) बाट गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका राजेन्द्र साउदविरुद्ध उम्मेदवारी दर्ता गराएका भरत शाहीलाई कारवाही गरिएको बताए ।

निर्वाचन क्षेत्र नं. ३ बाट गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका कृष्णकुमार चौधरीविरुद्ध उम्मेदवारी दिएका नवीन बोहरालाई पनि कारवाही गरिएको उनको भनाइ छ ।

निर्वाचन क्षेत्र नं. ३ (ख) बाट गठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अमर साउदका विरुद्ध उम्मेदवारी दिएका नेपाली कांग्रेसका गोविन्दराज जोशी र लक्ष्मण शाहीलाई पनि कारवाही गरिएको उनले बताए ।

यस्तै, निर्वाचन क्षेत्र नं. ४ (ख) बाट उम्मेदवारी दिएका प्रेम शाह र भागवती पाठकलाई पनि कारवाही गरिएको नेपाली कांग्रेसका जिल्ला सभापति भट्टले बताए ।

शाह र पाठकले गठबन्धनका साझा उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका प्रकाश बम विरुद्ध उम्मेदवारी दिएका हुन् । निर्वाचन क्षेत्र नं. क्षेत्र नं. ५ (ख) बाट उम्मेदवारी दिएका क्षितिज भण्डारीलाई पनि कारवाही भएको छ । कांग्रेसका विद्यार्थी नेता रहेका भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाश देउवाले उम्मेदवारी दिएका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव समेत हुन् । सभापति भट्टले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले बागी उम्मेदवारहरूलाई स्वतः कारवाही गरिएकाले जिल्लाबाट कारवाही नगरेको स्पष्ट पारे ।

माओवादीका को–को परे कारवाहीमा ?
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले पनि गठबन्धनका साझा उम्मेदवार विरुद्ध उम्मेदवारी दिने कैलालीका २ जनालाई कारबाही गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई कारबाही भएको जनाइएको हो ।

कैलाली निर्वाचन क्षेत्र नं. ४ प्रदेशसभा (क) बाट बागी उम्मेदवारी दिएका माओवादीका भोजराज सापकोटा र निर्वाचन क्षेत्र ५ प्रदेशसभा (क) बाट बागी उम्मेदवारी दिएका रमेशकुमार बस्नेतलाई कारबाही गरिएको नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरीले जनाएका छन् । सापकोटा माओवादी केन्द्रका गौरीगंगा नगर समिति उपाध्यक्ष हुन् भने बस्नेत साधारण सदस्य हुन् ।

कैलाली क्षेत्र नं. ४ प्रदेशसभा (क) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता तथा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी छन् भने कैलाली क्षेत्र नं. ५ प्रदेशसभा (क)मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रमेशसिंह धामी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal