आज :

यूनिग्लोब कलेज बन्यो २०२२ को बेष्ट विज्नेस स्कूल अफ द एयर

  • अनलाइन डबली

दुबई । नयाँ बानेश्वरको यूनिग्लोब कलेजले सन २०२२ को सर्वोत्कृष्ट विज्नेस स्कूलको उपाधी प्राप्त गरेको छ, बिहिबार दुबईमा कलेज रिडर्सले ‘नेपाल एजुकेशन अवार्ड समारोह’को आयोजना गरी प्रमाण पत्रसहित पुरस्कार प्रधान गरेको हो ।

युनिग्लोब कलेजका प्रिन्सिपल डा.नरबहादर बिष्टले सो अवार्ड ग्रहण गर्दै आयोजकलाई धन्यवाद दिए । डा.बिष्टले नेपालको शैक्षिक क्षेत्रमा अझ राम्रो गर्ने हौसला मिलेको बताए । हरेक वर्ष देशभरीका कलेजहरुले विद्यार्थीलाई दिने शैक्षिक सेवा शुविधाका साथै कलेजका विद्यार्थीको उत्कृष्ट प्रदर्शन र पढाईको नतिजा लगायतका विभिन्न गतिविधिहरुको मुल्याङकन गरेर सो उपाधि दिने गरिएको आयोजक कलेज रिडर्सले बताएको छ ।

कलेज रिडर्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) जीतेन्द्र घिमिरेले सो अवार्ड प्राप्त गर्न सफल प्रिन्सिपल डा.बिष्ट तथा कलेज परिवारलाई बधाई दिदै आगामी दिनमा थप प्रगति तथा उन्नतिको लागि शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal