आज :

राजिनामा नदिए जसपाका मन्त्रीलाई जिम्मेवारीबाट हटाउने प्रधानमन्त्रीको तयारी

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी चार जना मन्त्रीको राजीनामा मागेको दुई दिन बितिसकेको छ । जसपाले गठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेसँगै प्रधानमन्त्रीले राजिनामा दिन भनेका थिए । तर जसपाका मन्त्रीले अझै राजिनामा गरेका छैनन् ।

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलका शिर्ष नेताहरुसँग समेत छलफल गरेका थिए । शिर्ष नेताहरुले पनि राजिनामा माग्न नदिए बर्खास्त गर्न देउवालाई सहमति दिइसकेका छन् । एक मन्त्रीका अनुसार देउवाले अन्तिम पटकको लागि प्रधानमन्त्रीले जसपाका मन्त्रीलाई राजिनामा दिन भनेका छन् । तर जसपाका मन्त्रीहरुले आफ्नो दलले गठबन्धन नछोडेकोले राजिनामा नदिने जवाफ पठाएका छन् ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव सरकारमा सहभागी छन् ।

सत्ता गठबन्धनसँगको चुनावी तालमेलमा सिट बाँडफाँटबारे असहमति जनाएर जसपाले एमालेसँग सहकार्य गरेपछि उनीहरुको पद धरापमा परेको देखिन्छ । मन्त्री तथा जसपाका नेता श्रेष्ठले भने एमालेसँग गठबन्धन गरेको नभई केही सिटमा चुनावी तालमेल मात्रै गरेकाले सरकारबाट हट्न जरुरी नभएको बताए

निर्वाचन आचार संहिता लागु भएका कारण सरकारले नयाँ मन्त्री नियुक्त भने गर्न पाउने छैन । यस्तो अवस्थामा मन्त्रीलाई बर्खास्त गर्ने कि जिम्मेवारी खोस्ने भन्नेमा प्रधानमन्त्रीले छलफल समेत गरेका छन् । गठबन्धन दलका शिर्ष नेताहरुसँग विना विभागीय बनाउनेबारे छलफल नभएर बर्खास्त गर्ने विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal