आज :

काठमाडौँपछि बारामा घट्यो दुखद घटना, एकै परिवारका तीन जना मृत भेटिए, के हाे रहस्य ?

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँ उपत्यकामा १ जना डाक्टर मृत फेला परेकै दिन उता बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

२५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।

‘ एकै परिवारका तीन जना मृत भेटिएका छन्, प्रहरी टोली पुगिसकेको छ ।’ उनले भने ‘म पनि घटना स्थलमा पुग्दैछु ।’ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ ।

ढोरा खोला किनार तीन जनाको शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताए ।

यसअघि आजै सिभिल अस्पताल नयाँ बानेश्वरमा कार्यरत डाक्टर सुस्मिता पाठक मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी मनोज लामाले जानकारी दिए।

महोत्तरी जलेश्वर नगरपालिका-२ इमाडोलस्थित एउटा घरमा उनी डेरामा बस्दै आएकी थिइन्। मंगलबार दिउँसो २ बजेसम्म पनि उनको कोठाको ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो।

डिएसपी पाठकका अनुसार कोठा भित्रबाटै चुकुल लगाइएको थियो। खबर आएपछि प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट प्रहरी परिचालन भएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal