आज :

सन्तोष पन्तको ‘ हिजोआजका कुरा ’ द मुभि चलचित्र प्रदर्शन हुने

  • अनलाइन डबली

काठमाडौँ  । दुइ दशक अगाडी निकै चर्चा कमाएको टेलि सिरियल ‘हिजोआजका कुरा’ चलचित्रको रुपमा प्रर्दशन हुने भएको छ। वरिष्ट हास्यकलाकार सन्तोष पन्तको मुख्य भूमिका रहेको यस चलचित्रमा पुरानै कलाकारहरु रमा थपलिया , सबिन शाक्य , मंजु श्रेष्ठ लगाएत नयाँ थप अनुहारका चर्चित कलाकारहरु जयनन्द लामा , लक्ष्मी भुषाल , निरन्जन अर्याल,रमेश अधिकारी ,कमला रेग्मी ,रिचा शर्मा , रिमा बिश्वकर्मा , दिव्यदेव पन्त , के के अधिकारी ,साकार पन्त ,अनुष्का अधिकारी ,जेविका कार्की , विनायक कुइकेलआदिको जोडदार भूमिकामा रहेको छ।

पन्त फ्लिम प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा साकार पन्तको निर्देशन , छायांकनमा रवि सायमी , सम्पादन / कलर / ग्राफिक्स मा बिनय कंसाकार , पार्श्व संगीतमा भुपेन्द्र बज्राचार्य , साउण्ड मिक्सिंग बिजु कर्माचार्य रहेका छन्। कथाबस्तुमा सन्दिप कृष्णा , साकार पन्त , निरन्जन पन्त रहेका छन्।

पन्त  फिल्म प्रोडक्सनको आयोजनामा आज एक कार्यक्रम बीच चलचित्र ‘ हिजोआजका कुरा ’ द मुभि  आगामी असोज २८ गते रिलिज हुने निर्देशक साकार पन्तले जानकारी दिए । कलाकार सबिन शाक्यले नेवार समाजका घटनालाइ पनि मुख्य प्राथमिकतामा राख्दै आएको बताए।

यसै गरि छायाकार सायमीले छायांकन पक्ष्य्मा कुनै कमि नरहेको बताए  ।

यसअघि २०७७ वैशाख १२ गतेलाई प्रदर्शन मिति तोकेको यो फिल्म कोरोना महामारीका कारण सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि स्थगित गरिएको थियो ।

सांगीतिक पक्ष्यमा रामकृष्ण ढकाल , मेलिना राइ , हर्कुलस बस्नेत , सन्ध्या जोशीले स्वर दिएका छन्, भने आनन्द अधिकारी , हर्कुलस बस्नेत, सविन (एकतारे)को शव्दमा दिपक शर्मा ,हर्कुलस बस्नेतको सुमधुर संगीत रहेको छ।
सामाजिक परिवेस भित्रका घटना परिघटनालाई समेतेर तयार गरिएको यो चलचित्र पुरानै टेली सिरियलको स्वादलाइ नयाँ ढंगले पस्किएको छ। यस चलचित्रले युवा पुस्तालाइ हदै सम्म प्रभावित गर्ने निर्माण पक्षले विश्वास लिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal