आज :

काठमाडौंको क्राउन प्लाजा होटलमा घट्यो यस्तो डरलाग्दो घटना, अस्पताल पुर्याइएकी युवतीको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको नक्सालमा रहेको क्राउन प्लाजा होटलमा आगोले जलेकी एक युवतीको मृत्यु भएको छ ।

असोज २४ गते बिहान ३ः ४५ बजे होटलको कोठामै आगोमा परी चाबहिल बस्दै आएकी २३ वर्षीय युवती गम्भीर घाइते बनेकी थिइन् । सँगै कोठामा रहेका २६ वर्षीय प्रेमी केशव रिजालले उनलाई उपचारका लागि अस्पताल लगेपनि उनको मृत्यु भएको थियो ।

सोमबार बिहान पौने ४ बजे भएको घटनाका सम्बन्धमा प्रहरीलाई कुनै जानकारी नदिएको भन्दै प्रहरीले होटल सञ्चालक पदमुकमार श्रेष्ठलाई समेत पक्राउ गरेको छ ।

सोमबार बिहान पौने ४ बजे आगो लागेकी युवतीको उपचारका लागि सुरुमा वीर अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि युवतीलाई कीर्तिपुरस्थित अस्पतालमा पुर्याइएको थियो । तर त्यहाँ पनि उनको उपचार हुन नसकी सोमबार बिहान उनको मृत्यु भएको थियो ।

युवतीको मृत्युलगत्तै प्रहरीले सँगै कोठामा रहेका जितपुर सिमरा उपमहानगरपालिका १४ स्थायी घर भएका २६ वर्षीय केशव रिजाललाई पक्राउ गरेको थियो ।

रिजालसँगै होटल सञ्चालक ३७ वर्षीय पदम श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार युवतीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको छ ।

तर युवती आँफैले आगो लगाएकी हुन् कि अरु कसैले पेट्रोल छर्केर आगो लगाएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कसले पेट्रोल लिएर गयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका केशव रिजाल र युवती प्रेमी–प्रेमिका रहेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । पोष्टमार्टमका लागि युवतीको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal