आज :

डडेल्धुराबाट उम्मेदवार बनेका देउवालाई झट्का, डकुमेन्ट नै फरक पाइएपछि पर्यो उजुरी, अब के हुन्छ ?

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका देउवाको नागरिकताको जन्म मिति र मतदाता परिचयपत्रमा जन्ममिति फरक–फरक भएपछि उजुरी परेको हो ।

डडेल्धुरामा कांग्रेस वीपीबाट उम्मेदवार बनेका कर्णबहादुर मल्लले देउवाविरुद्ध आफूले उजुरी दर्ता गरेको बताए । उनले भने, ‘मैले देउवाको उम्मेदवारी विरुद्ध उजुरी दर्ता गराएको छु । उहाँको उम्मेदवार शतप्रतिशत खारेजी हुनुपर्छ ।’

पाँच दलीय सत्ता गठबन्धनमा प्राप्त भएको ९१ सिटमध्ये नेपाली कांग्रेसको संस्थापन पक्षले ५६ प्रतिशत ‘होल्ड’ गरेको छ । शेखर कोइराला नेतृत्वको पार्टीभित्रको विपक्षी खेमाले २४ प्रतिशत भाग पाउँदा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र शशांक कोइरालाको भागमा बाँकी २० प्रतिशत परेको छ ।

संस्थापनका ५१, शेखरका २२, सिटौलाका ६ र सिंह पक्षका ५ जना उम्मेदवार बनेका छन् । यस्तै पौडेल पक्षका ४ र शशांक निकट ३ जना उम्मेदवार बनेका छन् ।

कांग्रेसभित्रको विपक्षी समूहका मुख्य नेता शेखरको गृह प्रदेशमा १९ मध्ये संस्थापन पक्षले १० उम्मेदवार होल्ड गर्न सफल भएको छ । प्रदेश १ मा शेखर समूह ४, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह २–२ तथा शशांक कोइराला पक्षका १ जना उम्मेदवार बनेका छन् ।

मधेस प्रदेशमा संस्थापनका ९, शेखर समूहका ५ र सिटौला पक्षका १ जनाले टिकट पाएको अवस्था छ । पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधि निकट एक जनाले पनि मधेस प्रदेशमा टिकट पाएको देखिँदैन ।

यस्तै महामन्त्री गगन थापाको गृह प्रदेश बागमतीमा कांग्रेसले पाएको १८ सिटमा पनि संस्थापन पक्षका ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । शेखर समूहबाट ४, सिंह र सिटौला समूहबाट ३–३ जना उम्मेदवार बनेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह प्रदेश गण्डकीमा कांग्रेसले १२ सिटमा उम्मेदवार दिएको छ । जसमा संस्थापन पक्षले ६ र शेखर समूहले ३ जना उम्मेदवार पाउँदा पौडेलले आफूनिकट एक जनालाई टिकट दिलाए भने पूर्व महामन्त्री शशांक कोइराला आफू मात्र उम्मेदवार बनेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणको गृह प्रदेश लुम्बिनीमा कांग्रेसले पाएको १४ सिटमा पनि संस्थापन पक्ष नै हाबी देखिन्छ । उक्त प्रदेशमा संस्थापन निकट ९, शेखर निकट ३ तथा पौडेल र शशांक निकट एक–एक जनाले टिकट पाएका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृह प्रदेशमा कांग्रेसको भागमा ४ सिट पर्दा संस्थान र इतर पक्षको समान उम्मेदवारी परेको छ । गठबन्धनभित्र पाएको ४ सिट मध्ये संस्थापन २, शेखर र पौडेल पक्षका १–१ जनाले टिकट पाएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा कांग्रेसले ९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । जसमा संस्थापन पक्षले ७ र शेखर समूहले २ ठाउँमा टिकट पाएको छ ।

यद्यपि पौडेल, सिटौला, सिंह र शशांक अहिलेसम्म देउवासँगको सहकार्यमा रहेको देखिन्छ । १४ औं महाधिवेशनमा देउवालाई सभापतिमा दोहोर्याउन उनीहरुले पक्ष र परोक्ष ढंगले देउवालाई समर्थन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal