आज :

भारी वर्षापछि भिषण पहिरो, २२ जनाको मृत्यु, ५० बेपत्ता

  • अनलाइन डबली

काठमाडौँ । भारी वर्षापछि मध्य भेनेजुएलामा गएको एउटा पहिरोमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । देशमा भारी वर्षापछि एउटा नदीको प्रवाह बढ्दा देशमा पछिल्लो विपत्ति परेको अधिकारीहरूले बताएका छन् ।

ऐतिहासिक रूपमा उच्च वर्षाको परिणाम स्वरूप सङ्कटग्रस्त दक्षिण अमेरिकी राष्ट्रमा हालैका महिनाहरूमा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ । हामीले यहाँ धेरै ठुलो मानवीय क्षति देखिरहेका छौँ । अहिलेसम्म हामीले २२ जनाको मृत्यु भएको फेला पारेका छौँ । त्यहाँ ५२ जनाभन्दा बढी व्यक्ति बेपत्ता छन्’, उपराष्ट्रपति डेल्सी रोड्रिगेजले भने ।

बाढीले दर्जनौँ घर तथा व्यवसाय ध्वस्त भएका छन् भने रुख, माटो र भग्नावशेषले सडक ढाकिएको छ । करिब एक हजार मानिस उद्धार कार्यमा सामेल भएका आन्तरिक र न्याय मन्त्री रेमिगियो सेबालोसले जानकारी दिए ।

यता पाकिस्तान विश्वव्यापी जलवायुको उच्च जोखिममा रहेको पाकिस्तानी प्रधानमन्त्रीले बताएका छन् । प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो देश विश्वव्यापी जलवायु जोखिम सूचकाङ्कमा विपद्को जोखिममा रहेका शीर्ष १० मुलुकमध्ये एक भएको बताएका हुन् ।

“भूकम्प, बाढी, हिमताल विस्फोट, बादल फुट्ने, अभूतपूर्व वर्षा, भीषण गर्मी र जङ्गलमा लागेको डढेलोका कारण अमूल्य जनधनको क्षति भएको उल्लेख नगरौं, लाखौं डलरको क्षति भएको उल्लेख नगरौं, प्रधानमन्त्री सरीफ विपद्का कारण मानवीय तथा अन्य क्षति व्यहोरेका पाकिस्तानका जनताप्रति ऐक्यबद्धता व्यक्त गर्न मनाइँदै आएको राष्ट्रिय उत्थानशीलता दिवसका अवसरमा भने ।

उनले पाकिस्तानले आज सबैभन्दा खराब विपत्तिको रूपमा जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यो उसको आफ्नै कारणले नभई विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनको परिणाम भएको दावी गरे ।

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार ७०० पुगेको छ भने १२ हजार ८६७ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले बिहीबार राति सार्वजनिक तथ्याङ्कमा जनाएको छ ।

प्रधानमन्त्री सरीफले भने, “पाकिस्तानका जनताले साहस र लचिलोपनका साथ विपत्तिको सामना गरेका छन् । म आफ्ना जनता र अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहन्छु कि सरकारले बाढी प्रभावित जनताको समयमै पुनस्र्थापना, पुनर्निर्माण र अर्थतन्त्रको पुनरुत्थान सुनिश्चित गरी उनीहरूको हेरचाह गर्न सक्दो प्रयास गरिरहेको छ र जारी राख्नेछ ।”

पाकिस्तानको विपद् जोखिम र जलवायु परिवर्तनबारे बोल्दै सरीफले सरकार विपद् व्यवस्थापन प्रणालीको क्षमता अभिवृद्धि, आवश्यक कानून निर्माण, जोखिम संवेदनशील शासन को प्रबद्र्धन र लचिलो पूर्वाधार निर्माण गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal