आज :

गोरखा २ बाट प्रचण्डले उम्मेदवारी दर्ता गराएपछि नारायणकाजीले के भने ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि गोरखा २ बाट प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गर्न प्रचण्डले नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथमा लगेका छन् । २०७४ सालको निर्वाचनमा प्रचण्डले चितवन ३ बाट चुनाव लडेका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनमा पनि जित सुनिश्चित भएको बताएका छन् ।

प्रचण्डको मनोनयन दर्ताका लागि सँगै गोरखा आएका उनले पत्रकारसँग कुराकानी गर्दै जित सुनिश्चित भएकाले मात्रै प्रचण्ड गोरखा नआएको बताए ।

‘जित सुनिश्चित छ भनेर उहाँ गोरखा आउनुभएको होइन, चितवनमात्र होइन सबै ठाउँमा उहाँको जित पक्का थियो,’ उनले भने, ‘तर कुनै पनि एउटा निर्वाचन क्षेत्रमा परम्परागत हिसाबले लगातार चुनाव लड्ने उहाँको स्वभाव र बानी भएन ।’ गोरखाली जनता र पार्टीको आग्रहलाई स्वीकार गर्दै प्रचण्ड गोरखा आएको उनले जानकारी गराए ।

प्रचण्ड क्रान्तिकारी आन्दोलनका अग्रज नेता समेत रहेको भन्दै श्रेष्ठले गोरखाले उम्मेदवारको रुपमा उनलाई पाउनु खुशीको कुरा भएको बताए । अव गोरखाको विकास र समृद्धिका निम्ति ठुलो योगदान समेत पुग्ने उनले अपेक्षा गरेका छन् ।

‘अहिलेको आवश्यकता भनेको सामाजिक, आर्थिक रुपान्तरण र समृद्ध नेपाल निर्माण हो, त्यो कार्यभार पूरा गर्न गोरखालाई विकासको नमूना क्षेत्र बनाउनका लागि अध्यक्ष प्रचण्डलाई पाएका छौं, गोरखावासीका लागी यो गौरवको कुरा हो’, उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal