आज :

भीम रावललाई टिकट नदिएपछि एमालेका ४० नेताले दिए सामुहिक राजिनामा

  • अनलाइन डबली

अछाम । नेकपा (एमाले) ले आगामी निर्वाचनमा नेता भीम रावललाई नदिएको विरोधमा ४० नेताहरुले सामुहिक राजिनामा दिएका छन् । प्रतिनिधिसभाको लागि रावल एकल सिफारिस भएका थिए । तर, पार्टी केन्द्रले रावललाई पछ्याउँदै झपट बोहरालाई टिकट दिएको छ ।जिल्लाबाट एकल सिफरिस हुँदा पनि टिकट नदिनु हदैसम्मको पूर्वाग्रह भएको बताउँदै जिल्लाका ४० नेताहरुले सामुहिक राजिनामा दिएका हुन् । राजिनामा दिने निर्वाचन क्षेत्र समितिको संयोजकदेखि चारजना सचिवालय रहेका छन् । अरु नेताहरु जिल्ला सदस्यदेखि इकालाका र पालिकाको जिम्मेवारी समालेका रहेका छन् ।

“पार्टी केन्द्रीय कमिटीको अन्तर पार्टी निर्देशिन अनुसार नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख अतिथ्यतामा मिति २०७९ भदौ १९ गते अछाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, क्षेत्रीय समन्वय कमिटिीको बैठकले प्रतिनिधिभास सदस्य क्षेत्र १ को लागि उम्मेदवारको रुपमा डा. भीमबहादुर रावलको एकल नाम सर्वसम्मत सिफरिस गरिएता पनि पार्टी केन्द्रल टिकट बितरण गर्दा तल्लो कमिटीद्वारा गरिएको सर्वसम्मत निर्णयको बेवास्ता तथा पार्टी नेता, कार्यकर्ता एवं जनभावनाको विपरित निर्णय भएकोले घोरभत्सर्ना गर्दै हामी तपसिल बमोजिका व्यक्तिहरु आ–आफ्नो पदीय जिम्मेवारीबाट आजैका मितिदेखि लागु हुनेगरी सामुहिक राजिनामा गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

राजिनामा दिनेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन् । त्यस्तै जिल्ला सदस्यहरु दुधकला विष्ट, टंक रावल, बलबहादुर कुँवर, शंकर भुल, रविन्द्र शाह, सुरत भुल, झंकर कुँवर, कमल साउँद, कमला दे िताम्राकारलगायत रहेका छन् ।

एमालेले टिकट नदिएपछि अर्का नेता घनश्यम भुसालले त पार्टी परित्याक गरेको घोषणा गरिसकेका छन् । उनले सामाजिक संजालमा एमाले विधामा चल्ने आशा मरिसकेको बताउँदै पार्टी नै परित्याक गर्नुपरेको बताएका छन् । उनले यसको सबै दोषी अध्यक्ष केपी शर्मा ओली रहेको समेत बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal