आज :

चुनावकाे मुखमा उपेन्द्र यादवलाई मधेसमा ठूलै झट्का, सिरहाको खम्बा ढल्यो 

  • अनलाइन डबली

काठमाडौं । चुनावकाे मुखमै जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका छन् । सिरहाको खम्बाकाे रुपमा रहेका केन्द्रीयदेखि स्थानीय नेताहरुले सामुहिक राजिनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहरूले सोमबार चोहर्वामा कार्यक्रम गरि पार्टीबाट सामुहिक राजीनामा दिएका हुन् ।

जसपालाई अध्यक्ष उपेन्द्र यादवले विधि विधानअनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा चलाएको,जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेको र जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिरहामा शुन्य रहेको उनीहरु बताएका छन् ।

जसपाको स्थापना विभेदलाई अन्त गर्न भनियो तर पार्टीले मुख्य एजेन्डा हरु छोडेर जानथालेपछि आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताए। जसपा पार्टी तानाशाही पार्टी रहेकोले हामी लगायत हजारौंको संख्यामा जिल्ला भरिका १७ वटै स्थानीय तहका कार्यकर्ताहरूले पार्टी परित्याग गरेको बताए ।

जसपा नेपालका संघीय परिषद सदस्य राम चलितर साह, प्रदेश सदस्य मनोज सिंह, प्रदेश सदस्य विना शर्मा, गोलबजार नगर सचिव ज्ञान कुमार सिंह, वरिष्ठ उपाध्यक्ष बिनोद राई र वरिष्ठ राजनीतिज्ञ राम आशिष राई लगायतका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका हुन् ।

सामूहिक राजीनामा गरिएका जसपा नेपालका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा क्षेत्र न ३ (क) बाट प्रदेश सभा सदस्य र ,दोस्रो पटकको स्थानीय तह निर्वाचनमा नगर प्रमुखको प्रत्यासी रहेका थिए ।

सिंहलाई ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ (क)को लागि टिकट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal