आज :

हुम्लाका ७ गाउँपालिका मध्ये दशैंको मुखमा तलबभत्ता दिने सिमकोट मात्रै

  • अनलाइन डबली

हुम्ला जिल्लाका ७ वटै गाउँपालिका मध्ये सिमकोट गाउँपालिकाले प्रथम त्रैमासिक निकासा लिएर दशंंैको मुखमा शिक्षक तथा कर्मचारीहरुलाई तलब भत्ता खुवाएको लेखा अधिकृत विशाल बोहराले अनलाईन डबलीलाई बताए ।

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले सकभर जनअपेक्षा अनुसार कार्य गर्ने प्रयास गर्ने बताउँदै प्रचलित ऐन–कानुनमा रहेर आफ्नो कार्य क्षेत्र चुस्त–दुरुस्त तथा पारदर्शी बनाउने प्रयत्न गर्ने बताए । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला पार्टी इन्चार्ज समेत रहेका भण्डारीले पार्टी र सत्ताको बराबर जिम्मेवारी भएको हुनाले अलि बढी कामको चाप भएपनि सबैतिर ध्यान दिन पर्ने बताउँदै भने,“जनताको दैनिक कार्यमा अहोरात्र खटिने शिक्षक तथा कर्मचारी साथिहरुको दशंैमा चुलै बल्न बन्द हुन त दिनु भएन नी” ।

कोलोनिकाका अनुसार सिमकोट जस्तै खार्पुनाथ र ताँजाकोट गाउँपालिकाहरुले पनि प्रथम त्रैमासिक निकासा लिइसकेका छन् तर विविध कारणले सिमकोट बाहेक अरु गाउँपालिकाहरुले दशैं अगाडी कर्मचारीका तलब भत्ता कसैले खुवाउन नसकेको कारण कर्मचारीहरुका असन्तुष्टि सार्वजनिक भइरहका छन् ।
गत आब ७८÷७९को आय–व्यय तथा वेरुजु तथा कागजपत्र मिलाउन नसकेर सर्केगाड, चंखेली र अदान्चुलिले कोलोनिकाबाट प्रथम त्रैमासिक निकासा समेत लिन नसकेको जिल्ला कोलोनिका स्रोतले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal