आज :

काभ्रे पलाञ्चोक भगवती, विजयादशको अवसरमा पूजिने पीठमध्ये एक – आख्यान र इतिहास यस्तो छ

  • बुद्धशरण शाही

नेपाली कला संस्कृति सिर्जनाको इतिहासमा लिच्छवीकाल स्वर्ण युग मानिन्छ । नेपालीको महान पर्व विजयादशमी महा अष्टमीको दिनमा भक्तजनहरुको निकै भिड अधिराज्यका अनेक भगवती पीठमध्ये काभ्रेपलाञ्चोक जिल्लाको पलाञ्चोक भगवती पनि एक प्रमुख मन्दिर हो । नेपाल अधिराज्यकै सर्वाधिक कलात्मक पलाञ्चोक भगवती नेपालमण्डल अर्थात् काठमाडी उपत्यकाबाट झन्डै ६० कि.मी. दक्षिण डांडामाथि स्थापना भएको छ ।

किम्बदन्तीअनुसार काभ्रेपलान्चोक जिल्लाको बुजाकोट भन्ने ठाउँमा कुनै एक अज्ञात कलाकारले विश्वप्रसिद्ध कलात्मक भगवतीको मूर्ति बनाई आठ जनाले बोकी काठमाडौतर्फ ल्याउँदै गर्दा हालको पताज्योक स्थानमा पुगेपछि आठैजनाले मूर्ति बोक्न सकेनछन् । केही गर्दा पनि मूर्तिलाई पलाञ्चोक डाँडाबाट उठाउन नसकिएपछि अन्ततः देवीलाई विधिपूर्वक सोही डाँडामा प्रतिष्ठापित गराइएको आख्यान पाईन्छ । अज्ञात कलाकारले अद्वितीय देवीको मूर्ति ढुंगामा कुदेर साक्षात स्वरूप दिएको देखिन्छ । त्यतिबेलाका अज्ञात शासकले ती कलाकारको दायाँ हात काटिदिएका थिए । ताकि उस्तै अर्को देवीको कलात्मक मूर्ति अन्य देवस्थलमा बनाउन नसकुन् । लिच्छवीकाल कला सिर्जनाको स्वर्ण युग भनिए पनि कलाकारप्रति राज्यले गर्ने दुव्र्व्यवहारको यो एउटा ज्वलन्त उदाहरण मात्र हो । तर कलाकारले वायाँ हातको सहायताबाट नक्साल भगवतीको मूर्ति बनाए कलाकारको बायाँ हात पनि काटियो । जसरी सूर्यलाई हत्केलाले छेक्न सकिदैन त्यसैगरी कलाकारको कलालाई पनि कलाकारले हात नभए पनि खुट्टाले स्वबहाः भगवतीको मूर्ति निर्माण गरे । निरकुश शासकको  आक्रोशमा आई खुट्टा पनि काटिदिएपछि अन्त्यमा अर्को खुट्टाले धुलिखेल भगवतीको मूर्ति निर्माण गरे तत्पश्चात् सजायस्वरूप उनको उक्त खुट्टा पनि काटी बनेपास्थित चण्डेश्वरी भगवती स्थानमा ठुटो शरीर फ्याँक्न लगिएको इतिहासमा छ  ।

पलान्चोक भगवती मन्दिर राजा मानदेव प्रथमको संवत् ४२५ शिलापत्र अकित छ । मल्लकालमा आएर ने स ८६१ मा  मन्दिरवरिपरि बुद्धमूर्ति , गणेश , सरस्वती , महादेव , पार्वतीलगायतका देवी – देवताका मूर्ति छन् । ६ रोपनी क्षेत्रफलमा फैलिएको पलाञ्चोक भगवती क्षेत्रलाई व्यवस्थित गुरुयोजना अनुसार २५ रोपनीमा बसपार्क , पिकनिक स्थल , बगैचा निर्माण गरिदै छ ।

 

नेपल मण्डल सम्पदा बात

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal