आज :

गायीका जुनु श्रेष्ठको ‘जुनु’ नामको म्युजिक भिडियो सार्वोजनिक (भिडियो सहित)

  • बुद्धशरण शाही

काठमाडौं । नेपालभाषा (नेवार भाषा) का गीत संगीत क्षेत्रमा बिगतमा निकै चर्चामा रहेको गायिका जुनु श्रेष्ठको लामो समय अन्तरल पछी एकल म्युजिक भिडियो एल्बम सार्वोजनिक भएको छ ।

निकैनै चर्चित उनका नेपालभाषा गीत लुमंका च्वना जिं , जिगु नुगलय् , समा याना , मन जिगु उइं जुल
गीत संगै नेपाली भाषामा मेरो चुपचाप को अर्थ र पछ्याउँदै मेरा दिनहरु समावेश गरिएको ” जुनु ” नामको म्युजिक भिडियो एक कार्येक्रम बीच  बिहिबार सार्वजनिक भएको हो। वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र चर्चित गाएक दिप श्रेष्ठले संयुक्त रुपमा उक्त एल्वम सार्वजनिक गर्नु भयो।

यस एल्बममा जि शाह , जनकवि दुर्गालाल श्रेष्ठ , बद्रि वेदना , सरला श्रेष्ठ र गोविन्द हिउमत लगाएको रचना रहेको छ भने गीतमा अग्रज संगीतकार गोविन्द हिउमत , दिपेन्द्र मान सिंह , अनिल शाही लगाएतका सुमधुर संगीत रहेका छन्। जिवित जल्मीको यस एल्बममा म्युजिक एरेन्ज रहेको छ। वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले जुनु श्रेष्ठले आफ्नो जीवनकालमा सुख र दुखःका अनगिन्ति अनुभव बटुलिसकेकी भएका कारण त्यसको राम्रो प्रभाव उनको स्वरमा देखिएको विचार ब्यक्त गर्नु भयो।

यसै गरि अग्रज गायक दिप श्रेष्ठ र संगीता राना प्रधाले लामो समयको अन्तराल पछि पुनः सांगीतिक क्षेत्रमा प्रवेश गरेको जुनुलाइ शुभकामना दिनु भयो ।

कार्यक्रममा सार्वजनिक गरिएका ६ वटा मध्य  सामाजिक संजाल युट्युवमा शुक्रबार २ वटा  मन जिगु उइं जुल र लुमंका च्वना जिं सार्बजनिक भएका छन् । अन्य ४ वटा क्रमस युट्युबमा अपलोड गरिने गायिका श्रेष्ठले बताउनु भयो  ।

( तल भिडियोमा क्लिक गर्नु होला ) 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal