आज :

कैलाली क्षेत्र नं. २ मा गठबन्धनका साँझा उम्मेदवार बडुवाल भन्छन्- अब जनताको अवस्था बदल्न जुट्छौं

  • अनलाइन डबली

कैलाली । सत्ता गठबन्धनले प्रतिनिधिसभा अन्तरगतग कैलालीको क्षेत्र नं. २ भगत बडुवाललाई साझा उम्मेदवार बनाएको छ । गठबन्धनमा नेकपा (माओवादी केन्द्र) को भागमा परेको उक्त क्षेत्रमा बडुवाललाई जिल्लाबाट एकल सिफारिस गरिएको थियो । बडुवालले अनलाइन डबलीसँग छोटो कुरा गर्दै अन्तिम टुंगो लागेपछि गठबन्धन दलहरुसँग सल्लाह गरेर अघि बढ्ने बताए । उनले गठबन्धन दलका चुनावी प्रतिबद्धतालाई एजेण्डा बनाएर जनतामा जाने बताए ।

व्यवस्था बदल्न आफू ज्यान बाजी राखेर जनयुद्धमा लागेको बताउँदै अब जनताको अवस्था बदल्न गठबन्धन दलका चुनावी एजेण्डालाई बोकेर जनतामा जाने बडुवाल बताउँछन् । “यो व्यवस्था बदल्न म मृत्यु स्वीकार गरेर जनयुद्धमा होमिएको हुँ, अब जनताको अवस्था बदल्न जस्तोसुकै परिस्थितिसँग जुध्न तयार भएको छु । गठबन्धन दलका चुनावी प्रतिबद्धता नै मेरा एजेण्डा हुनेछन्” बडुवालले भने ।

पहिलो संविधान सभामा सोही क्षेत्रबाट अत्याधिक मतले विजयी भएका बडुवालले भौतिक पूर्वाधार, शैक्षिक, विकास, आर्थिक आत्मनिर्भरता, सामाजिक सुधार आफ्नो मुख्य एजेण्डा बनाउने समेत बताए । उनले संविधान लेखनसँगै यो क्षेत्रमा अगाडि बढाएका विकासको अवधारणालाई पूर्णता दिने प्रतिबद्धता जनाए ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका बडुवालले यसअघि राजनीतिक आन्दोलनका एजेण्डालाई स्थापित गर्न समय गएको बताउँदै अब सरकार, जनप्रतिनिधि र जनताले हातेमालो गर्दै विकाशमा लाग्नुको विकल्प नभएको बताउँछन् । त्यसको लागि सबै क्षेत्रसँग सहकार्य गर्ने बडुवालले प्रतिबद्धता समेत जनाए । गठबन्धनले अन्तिम टुंगो लगाएको सार्वजनिक गरेसँगै चुनावी अभियान थाल्ने तयारीमा छन् बडुवाल ।

अन्तिम गठबन्धनले सहमति सार्वजनिक नगरेपनि कैलालीको २ नम्बर क्षेत्र माओवादीका भागमा परेको र जिल्लाबाट एकल सिफारिस भएकोले बडुवाल उम्मेदवार हुने निश्चित जस्तै भएको एक नेताले बताए । गठबन्धनको विहीबार विहान बसेको बैठकले निर्वाचन क्षेत्रबारे टुंगो लगाएको छ । अब केही क्षेत्रमा दोहोरो र तेहोरो दाबी परेका क्षेत्रबारे निर्णय हुन बाँकी छ । यो शिर्ष नेताहरुले छिटै टुंगो लगाउने नेताहरुले बताएका छन् ।

क्षेत्र र सिट बाँडफाँड सकिएपछि नेताहरु चुनावी प्रतिबद्धता लेखनमा जुट्ने बताइएको छ । सबै पार्टीहरुले आन्तरिक रुपमा प्रतिवद्धता तयारमा जुटिरहेका छन् । दोस्रो तहका नेताहरु विभिन्न क्षेत्रका सुझाव समेटेर आआफ्ना चुनावी प्रतिबद्धता तयार गरिरहेका छन् । यी सबैलाई समेटेर फेरि गठबन्धनले साझा प्रतिबद्धता पनि तयार गर्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal