काठमाडौँ – फर्पिङका राजा पचली सिंहका रूपमा पूजिने पचली भैरव कलिगत संवत् ३८२५ मा कान्तिपुर नगरनिर्माण गर्दा राजा गुणकामदेवले दक्षिणी भेगको क्षेत्रपालको रूपमा स्थापना गराएका हुन् । भनिन्छ , राजा गुणकामदेवले पचलीलाई खड्कार काठमाडौं नगरको विड र म्हेपी अजिमांस्थललाई टुप्पो बनाई वरिपरि अष्टमातृका पीठ स्थापना गराएका थिए । राजा पचली तन्त्रशक्तिको माध्यमवाट दैनिक काशीमा नुहाई दिनभर फपिंडमा राज्य गरी राती बन्दे टेकुकी नई अजिमा खड्गी कन्या सग प्रेमलाप गर्न जाने गर्दथे । सधैँभाले वास्नुअगाडि नई अजिमाको घरबाट उठेर जान लाग्दा ढोकामा साडी सुकाएर राखेकाले बाहिर जान सकेनछन् । केटीको कोठामा पचलीसिंहलाई देखेपछि निजका आफन्तहरूले कुटपिट गरी बागमती नदि किनार कनास्वा ( काँडाको झ्याङ्मा )मा फ्याकिदिएछन् । यसरि फ्याकिएका ब्य्क्ति नै भैरव र सो स्थानमा विराजमान गरिएको दिनको सम्झनामा प्रत्येक वर्ष दशैंको पञ्चमीको दिन स्वच्छन्द घ्याम्पोरूपी पचली भैरवको जात्रा हुने गर्दछ । ने स . ६ ९८-६४० मा माटोको घ्याम्पो जात्रा चिकमुगलनेर खसेर फुटेपछि राजा शिर्वासह मल्लले पुखांको सम्झनामा पित्तलको घ्याम्पो जात्रा चलाएको कथन छ । ढुंगा छापेको चोकबीच ठूलो पीपलको रूखमूनि शिलाकृत पचली भैरव पीठ रहेको छ । वर्ष मचली मटु अजिमा : । टेक मूल मडकछेउ मटु अजिमां मचली रहेको छ । पचली भैरव मन्दिर क्षेत्र वरपर भजन घर तथा कलात्मक पाटि सत्तालहरु रहेका छन् ।
नेपाल मण्डल सम्पदा बात –