आज :

गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सभापति थापाले महाधिवेशनका क्रममा सक्रिय सहभागिता जनाउने, सहयोग गर्ने र अथक मेहनत गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनले कांग्रेसले इतिहासका कठिन मोडहरूमा निष्ठावान् सदस्य, शुभेच्छुक र नागरिकको साथ, विश्वास, संघर्ष र साहसका आधारमा चुनौती पार गर्दै आएको बताए ।

अहिले पनि पार्टीसामु विभिन्न चुनौती रहेको उल्लेख गर्दै थापाले भ्रम, दुष्प्रचार र घेराबन्दीका प्रयास भइरहे पनि कांग्रेस विचलित नहुने स्पष्ट पारेका छन् । सत्य, निष्ठा र एकताको बलमा सबै चुनौतीको निर्भीकतापूर्वक सामना गर्दै नयाँ आत्मविश्वासका साथ अघि बढ्ने उनले बताए ।

थापाले अब पार्टीको साझा संकल्प र अर्जुनदृष्टि ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य प्राप्तिमा केन्द्रित हुने बताएका छन्। पार्टी संगठन सुदृढीकरण, नागरिकको विश्वास आर्जन र देशको उज्ज्वल भविष्य निर्माणमा सम्पूर्ण ऊर्जा लगाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले अबदेखि पार्टीका आधिकारिक सूचना तथा आफूसँगको प्रत्यक्ष सम्पर्क ‘NCongress Alert’ मार्फत हुने जानकारी दिए ।

साथै, पार्टीका आधिकारिक सूचना, धारणा तथा गतिविधिबारे जानकारी लिन नेपाली कांग्रेसका आधिकारिक सामाजिक सञ्जालका पेजहरू फलो गर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal