आज :

बडादशैं पञ्चमीको दिन जात्रा गरिने स्वच्छन्द घ्याम्पोरूपी पचली भैरव आख्यान यस्तो छ – ( फोटोहरु सहित )

  • बुद्धशरण शाही

फर्पिङका राजा पचली सिंहका रूपमा पूजिने पचली भैरव कलिगत संवत् ३८२५ मा कान्तिपुर नगरनिर्माण गर्दा राजा गुणकामदेवले दक्षिणी भेगको क्षेत्रपालको रूपमा स्थापना गराएका हुन् । भनिन्छ , राजा गुणकामदेवले पचलीलाई खड्कार काठमाडौं नगरको विड र म्हेपी अजिमांस्थललाई टुप्पो बनाई वरिपरि अष्टमातृका पीठ स्थापना गराएका थिए । राजा पचली तन्त्रशक्तिको माध्यमवाट दैनिक काशीमा नुहाई दिनभर फपिंडमा राज्य गरी राती बन्दे टेकुकी नई अजिमा खड्गी कन्या  सग प्रेमलाप गर्न जाने गर्दथे । सधैँभाले वास्नुअगाडि नई अजिमाको घरबाट उठेर जान लाग्दा ढोकामा साडी सुकाएर राखेकाले बाहिर जान सकेनछन् । केटीको कोठामा पचलीसिंहलाई देखेपछि निजका आफन्तहरूले कुटपिट गरी बागमती नदि किनार कनास्वा ( काँडाको झ्याङ्मा )मा फ्याकिदिएछन् । यसरि फ्याकिएका ब्य्क्ति नै भैरव र सो स्थानमा विराजमान गरिएको  दिनको सम्झनामा प्रत्येक वर्ष दशैंको पञ्चमीको दिन स्वच्छन्द घ्याम्पोरूपी पचली भैरवको जात्रा हुने गर्दछ । ने स . ६ ९८-६४० मा माटोको घ्याम्पो जात्रा चिकमुगलनेर खसेर फुटेपछि राजा शिर्वासह मल्लले पुखांको सम्झनामा पित्तलको घ्याम्पो जात्रा चलाएको कथन छ । ढुंगा छापेको चोकबीच ठूलो पीपलको रूखमूनि शिलाकृत पचली भैरव पीठ रहेको छ । वर्ष मचली मटु अजिमा : । टेक मूल मडकछेउ मटु अजिमां मचली रहेको छ । पचली भैरव मन्दिर क्षेत्र वरपर भजन घर  तथा  कलात्मक पाटि सत्तालहरु रहेका छन्  ।

 

 

 

 

 

नेपाल मण्डल सम्पदा बात –

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal