
काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल काठमाडौं महानगर समितिमा सुरज महर्जन चयन भएका छ्न् । सोमबार काठमाडौंमा आयोजित महानगर समिति पुनर्गठन कार्यक्रममा सर्वसम्मत महर्जनलाई समितिको अध्यक्ष घोषणा गरिएको हो ।
कार्यक्रममा जसपा काठमाडौं जिल्ला अध्यक्ष अजित पुतुवारले महर्जनको अध्यक्षतामा महानगर समितिको नयाँ कार्य समिति घोषणा गरेका थिए । पुनर्गठित कार्य समितिको चार जना उपाध्यक्षमा मनोज कर्माचार्य, विक्रम शाही, कृष्णकुमार मानन्धर र सुरेन्द्र माली रहेका छन् । त्यस्तै सचिवमा कविन्द्रनाथ कपाली चयन हुँदा सह सचिवको जिम्मेवारी राजिव किलंनं श्रेष्ठ, जेनी डंगोल र अनिता आचार्य पोखरेलले पाएका छन् ।
कोषाध्यक्षमा सुनिल महर्जनलाई चयन गरिएको छ । महानगरको ३२ वटै वडामध्ये प्रत्येक वडाबाट एक एक जना प्रतिनिधि पनि कार्य समितिमा समावेश गराइएको छ । जसपा काठमाडौं महानगर समितिका नयाँ अध्यक्ष सुरज महर्जनले आगामी पाँच वर्षमा जसपाले जनताका बीच नजिकिदै काठमाडौं महानगरको मेयेर जिताउने हैसियत बनाउने घोषणा गरे । आफुहरुले उठाउँदै आएको मुद्दा नै बोकेर स्वतन्त्र उम्मेदवारले काठमाडौं महानगरको निर्वाचन जितेको महर्जनको दावी छ ।