काठमाडौँ । नेपालमण्डलको भुमी,संस्कृति, सम्पदा बचाउन अनि न्यायीक राज्यको स्थापनार्थ होमिनुभएका अधिबक्ताहरुलाई जनता समाजवादी पार्टी नेपालले स्वागत गरेकाे छ ।
राज्यसत्ता र त्यसका निकायहरुबाट भएका अन्यायपूर्ण निर्णयका विरुद्ध संघर्ष गर्न अघि सर्ने अभियन्ता तथा न्यायप्रेमी योद्धाहरुको मेरुदण्ड भै कानुनको दफा-दफाको व्याख्या गर्दै अभियन्ताहरुलाई बचाउन निस्वार्थ रुपमा अहोरात्र खट्ने अधिवक्ताहरु नरेश श्रेष्ठ, षटकोण श्रेष्ठ,आरजु कार्की, सुनिल महर्जनलाइ जसपाले शनिवार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको आतिथ्यमा एक कार्येक्रम बीच पार्टी प्रवेस गराई स्वागत गरेका हुन् ।
उहाहरुको पार्टी प्रवेशले सङ्घीयता, सुशासन ,समृद्दी र समाजबादको मुल उद्देश्य बोक्दै नेपालका संपुर्ण जातजातिको पहिचान अनि अधिकार स्थापना गर्न अघि बढेका पार्टीमा एउटा नयाँ आयाम थपेको महसुस भएको जसपा काठमाडौँ जिल्ला समन्वय समितिले जनाएको छ ।
पीडितका पक्षमा निस्वार्थ लामो समयबाट वकालत गर्दै आएका उहाहरुको जसपा पार्टी प्रवेशका बारेमा जनता समाजवादी पार्टी नेपाल , नेवाः राष्ट्रिय समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिले आफ्नो धारणा राख्दै भने ‘ उहाँहरुको पार्टी प्रवेशले अब पार्टी र पार्टीको मुद्दा स्थापित गर्न महत्त्वपूर्ण भुमिका हुने आशा ब्यक्त गर्दै उहाँहरुलाई पार्टीमा न्यानो स्वागत गर्न चाहन्छु । ’