आज :

छाती धेरै दुखेर जचाउन जादाँ एक्सरेमा देखियो पाँच वर्षअघि हराएको यस्तो बस्तु, डाक्टरहरु नै हैरान

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकामा एक व्यक्तिले पाँच वर्षअघि उनको नाकमा लगाइरहेको ‘नत्थी’ हराएका थिए । त्यो पाँच वर्षसम्म उनको फोक्सोमा रहेको थियो तर त्यसबारे उनलाई केही थाहा पनि थिएन ।

तर एक महिना अघि एक रात, न्यूयोर्क निवासी ती पुरुष जोय लाइकिन्सलाई खोकी लाग्न थाल्यो । छाती र ढाड बेस्कन दुख्न थाल्यो । निक्कै गाह्रो भएपछि परिवारले जोयलाई अस्पताल भर्ना गर्नुपर्ने स्थिति आयो ।

प्रारम्भिक अवलोकनका आधारमा डाक्टरहरूले निमोनियाको आशंका गरेका थिए । तर पछि एक्सरे गरेर हेर्दा डक्टर नै छक्क परे । जोयको फोक्सोमा ०.६ इन्चको नत्थी अड्किएको थियो ।

डाक्टरले शल्यक्रिया गरेर नत्थी निकालेका छन् ।जोय लिकिन्सका अनुसार चिकित्सकले नत्थी यति लामो समय छातिमा रहदाँ पनि उनको फोक्सो स्वस्थ रहनु ठूलो कुरा भएको बताए ।

जोय आफैले यस घटनाबारे सामाजिक सञ्जालमा बाहिर ल्याएका हुन् । यससँगै एक्स–रे रिपोर्ट पनि सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal