आज :

राष्ट्रपतिको कदमविरुद्ध भन्दै कानुनविद्हरुले गठबन्धनलाई दिए यस्तो सुझाव, अब के हुन्छ ?

  • अनलाइन डबली

काठमाडौँ । कानुनविद्हरुले सत्ता गठबन्धनलाई राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च जान सुझाव दिएका छन् । बालुवाटारमा बुधबार भएको छलफलमा कानुनविद्हरुले यस्तो सुझाव दिएका हुन् ।

सो क्रममा उनीहरुले संविधानले दिएको अधिकार र त्यो अनुसारको भुमिका राष्ट्रपतिले निर्वाह गर्न नसकेको भन्दै यस्तो सुझाव दिएको छलफलमा सहभागी पदम रोकाले जानकारी दिए ।

‘राष्ट्रपतिले संवैधानिक भुमिका निर्वाह गर्नुभएन । संवैधानिक हिसावले राष्ट्रपतिले आफ्नो कर्तव्य निर्वाह गर्नुभएन’, उनले भने,‘राष्ट्रपतिले ने संवैधानिक व्यवस्था उल्लंघन गर्नुभयो ।’

उनले संविधानको व्यवस्था अनुसार राष्ट्रपतिले संसदबाट विधेयक पास गरेर पठाएपछि एक पटकको हकमा पुर्नविचार गर्नसक्ने भएपनि दोस्रो पटक त्यो सुविधा नभएको बताए ।

‘दोस्रो पटक इन्कार गर्ने वा प्रमाणीकरण नगरी बस्ने अधिकार छैन । उहाँले हेड अफ द स्टेटको भुमिका निर्वाह गर्न नसकेको देखियो’, रोकाले भने, ‘हामीहरुले संवैधानिक मूल्यमान्यता र संविधानवादको दृष्टिकोणले सुझाव दिएका छौ’ संवैधानिक विषय भएकाले जो पनि अदालत जान सक्छ । सर्वोच्चमा यो विषय जानसक्छ ।’

उनले आफुहरुले सुझाव मात्र दिएको र थप कदम गठबन्धनले चाल्ने विषय भएको भन्दै त्यसबारे गठबन्धनका नेताहरुले आफूहरुसँग के गर्ने भनेर नखुलाएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal