आज :

सीलाई भेटेर फर्किएपछि युक्रेनबिरुद्ध अन्तत: पुटिनले गरे यस्तो घोषणा, बोलाए तीन लाख ‘रिजर्भ’ सैनिक

  • अनलाइन डबली

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिङफिङलाई भेटेर फर्किएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा युद्धका लागि आंशिक लामबन्दीको घोषणा गरेका छन् । यसको अर्थ रुसले युक्रेनको युद्धमा थप स्रोतसाधन र सेना परिचालन गर्नेछ ।

पुटिनले देशलाई सम्बोधन गरेको टेलिभिजन सम्बोधनमा भने, ‘रुसको क्षेत्रीय अखण्डता कायम राख्न यो महत्त्वपूर्ण कदम हो ।’ उनले भने, ‘पश्चिमी संसारले सोभियत संघको जस्तै रुसको अन्त्य चाहेको थियो । ’

पुटिनले युक्रेनमा जारी सैन्य संघर्षमा थप सेना पठाउने घोषणा गरेका छन् । यसको मतलब रूसी सेनामा सेवा गरिसकेका मानिसहरूलाई फिर्ता बोलाइनेछ । यी सेनाको प्रस्थान आजबाट सुरु हुनेछ ।

रुसलाई आणविक हमलाको नाममा पश्चिमा राष्ट्रहरुले ब्ल्याकमेल गरेको पुटिनले आरोप लगाएका छन् । पुटिनले आफूसँग पश्चिमी देशहरूको धम्कीको जवाफ दिन पर्याप्त हतियार रहेको बताएका छन् ।

उनले डोनबासमा ‘आफ्ना’ को सुरक्षाका लागि सम्भावित सबै उपाय परिचालन गरिने बताए । उनले रुसमा हतियारको उत्पादन बढाउनका लागि रकम उपलब्ध गराउन आदेश दिएका छन् ।

रुसी संसद डुमाका सदस्य येभगेनी पोपोभले बीबीसीलाई भने, ‘मैले बुझेअनुसार केही अनुभवी सैनिकहरू खटाइने र सेनाबाट भर्खरै अवकाश लिएकाहरूलाई बोलाइनेछ । आम जनतालाई युद्धको मैदानमा पठाउने कुरा होइन ।’

यसैबीच युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले युरोपमा कोभिड १९ को नयाँ लहर आउनसक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । सो एजेन्सीले कोभिड १९ को महामारी पूर्ण रुपमा टरेको नभएर अहिले केही कम मात्र भएको भन्दै युरोपमा अर्को लहर आउन सक्ने भएकाले तयार रहन भनेको हो ।

मङ्गलबार युरोपियन मेडिसिन एजेन्सीले युरोपका देशहरुमा अहिले महामारी कम भएको देखिएको छ भन्दै तर पनि महामारी अहिले घटेको भए पनि यहाँका नागरिकमा यसको प्रकोप भने नघटेको बताएको हो ।

युरोपियन मेडिसिन एजेन्सीका प्रमुख म्याक्रो क्याबलेरीले सो कुरा बताएका हुन् । उनले भने– यहाँका देशहरुमा अहिले कोभिडको सङ्क्रमण घटेको पाइएको छ । युरोपियन देशहरुले आगामी दिनमा यो महामारीको अर्को लहर आउन सक्छ भनेर यसबाट बच्ने उपायहरुको तयारीमा लाग्नुपर्छ ।

उनले युरोपमा आगामी शरद ऋतुमा यसको प्रकोप थप बढ्न सक्ने पनि बताए । उनले गएका दुई वर्षदेखि यो ऋतुमा कोभिडको महामारी बढेको पाइएकोले अब आउने सो ऋतुमा पनि महामारीको प्रकोप बढ्न सक्छ भन्ने हिसाबको तयारी गर्नुपर्ने बताए ।

उनले पहिलेका वर्षहरुका तुलनामा पछिल्लो समयमा विकासित भएका कोभिडका नयाँ प्रजातिहरुको प्रभाव झन् धेरै देखिएकाले पनि यो प्रकोपबाट हुन सक्ने क्षतितर्फ सचेत रही तयारीका साथ रहन आग्रह गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal