आज :

रुसले फेरि सुरु गर्यो सू–२५ फाइटर विमानबाट भिषण हमला, युक्रेनी सैन्य क्याम्प र हतियार ध्वस्त

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेना युक्रेनका केही स्थानबाट पछि हटेको पश्चिमा मिडियाले समाचार प्रसारण गरिरहेको बेला रुसले फेरि भिषण हमला गरेको छ । रुसले आफ्नो घातक फाइटर विमान सू–२५ बाट भिषण हमला गरेको हो ।

रुसले एक भिडियो सार्वजनिक गरेर नै हमलाको जानकारी दिएको हो । त्यस्तै, केही स्थानमा फाइटर हेलिकोप्टरबाट पनि भिषण हमला गरेको भिडियो पनि रुसले जारी गरेको छ ।

रुसी सेनाले युक्रेनी फौज पुनः सक्रिया भएको डोनेस्क, खर्किभ, माइकोलिभ आशपासका क्षेत्रमा फाइटर विमान र हेलिकोप्टरबाट मिसाइल प्रहार गरिरहेको छ । रुसी सेनाको हमलामा परी सो क्षेत्रमा युक्रेनी फौजले बनाएका सैन्य क्याम्प र हतियार तैनाथ ध्वस्त भएको बताइएको छ ।

पछिल्लो रुसी हमलालाई पुष्टि गर्दै भारतीय पत्रकार आशीष सिंले रुसले पछिल्ला दिनमा हमजा तेज बनाएको बताए । युक्रेन र पोल्याण्ड सीमा क्षेत्रमा रहेका पत्रकार सिंहले युक्रेनमा रुसले हार्दै गएको भन्ने हल्लाको जवाफ दिन रुसले उच्च स्तरको हमला गरेको बताए ।

उनले रुसी हमलाका कारण पुनः संगठित भएको युक्रेनी फौज तितरवितर हुनुको साथै ठूलो क्षति भएको बताए । अमेरिकाले पछिल्लो खेप दिएका हतियार सो क्षेत्रमा पुगेसँगै युक्रेनी फौज रुसी सेनामाथि हमलाको तयारी गरिरहेको थियो ।

पश्चिमा देशहरुले पठाएका लडाकुसँगै युक्रेनी सेना खार्किभ, डोनबास, डोनेस्कमा अघि बढेको थियो । त्यहाँ सैन्य बंकरसँगै लामो दूरीका हतियार तैनाथ गरिएका थिए । अमेरिकाले दिएको हिमार्स मिसाइल सिस्टम त्यहाँ पुनः तैनाथ गरिएको थियो ।

पत्रकार सिंहले रुस योजनबद्ध रुपमा अघि बढेको बताए । उनले रुस कसैको प्रचारमा भन्दा पनि आफ्नै योजनामा युक्रेनीमा हमला गरिरहेको बताए । पछिल्ला दश दिनमा रुसले आफ्नो गतिविधि बढाएको र फोर्स र हतियार थप गरेकोले युक्रेनमा यो भन्दा ठूलो हमला हुन सक्ने सिंह आफ्नो रिपोर्टमा बताउँछन् ।

रुसी हमलाको पुष्टि गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक भिडियो सार्वजनिक गरेका छन् । उनले युक्रेनको दोस्रो ठूलो पावर प्लान्टमा मिसाइल हमला गरेको दाबी गरेका छन् । रुसी सेनाले प्रहार गरेको प्लान्टभन्दा ३ सय मिटर नजिक खसेको जेलेन्स्कीले दाबी गरेका छन् ।

तर पत्रकार सिंहले उक्त मिसाइल रुसी सेनाले प्रहार गरेको भएपनि कुन ठाउँमा खसेको हो भन्नेबारे एकिन नभएको बताए । जेलेन्स्कीले दाबी गरिएको ठाउँ खसेको भए प्लान्टमा क्षति हुनुपर्ने तर त्यस्तो कुनै विवरण अनआएको पत्रकार सिंहले बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा आफ्नो धारणा परिवर्तन नभएको बताएका थिए । उनले आफूलाई कुनै हतारो नभएको समेत बताएका थिए ।

उनले आफ्नो सेनाको सानो टुकुडीले मात्रै युक्रेनमा सैन्य कारवाहीमा सहभागी भएको बताउँदै पश्चिमा देशको सहयोग जारी रहे पूर्ण क्षमताको सैन्य कारवाही गर्न बाध्य हुने चेतावनी समेत दिएका थिए ।

पुटिनको चेतावनीको एक हप्ता नबित्दै रुसी सेनाले सुरुवाती चरणको जस्तै झल्को दिने गरी फाइटर विमान .र हेलिकोप्टरबाट भिषण हमला सुरु गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal