आज :

काठमाडौँमा एक व्यक्तिमाथि ४ राउण्ड गोली प्रहार, गम्भीर अवस्थामा टिचिङ पुर्याइयो, काे हुन उनी ?

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गो ली प्रहारबाट एक जना घाइते भएका छन् । घाइते व्यक्तिको पहिचान खुलेको छ ।

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गो ली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् ।

सर्लाहीको हरिवन घर भएका उनी कोगेश्वरी बस्दै आएको उपत्यका प्रहरी अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए ।

रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गो ली हानेर भागेको प्रहरीले जनाएको छ। घाइतेलाई टिचिङ अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ भएको घटनामा ४ राउण्ड गो ली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गो ली लागेको छ ।

५८ वर्षीय उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गो’ली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal