आज :

सोलुखुम्बु पुगेर प्रचण्डले भने– मैले यस्तै विकासको कुरा गरेको हो

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपलिकामा भएको विकास निर्माणका कामहरुको प्रशंसा गरेका छन् ।

सोमबार दुधकोशी सामुदायिक अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्याउने र शिक्षा, स्वास्थ्य रोजगारीको नयाँ अभियानको चर्चा गर्दैगर्दा आफूले यस्तै विकासको कुरा गरेको भन्दै प्रशंसा गरेका हुन् ।

‘यस्तै शिक्षालय, यस्तै अस्पताल, जनतालाई सेवा दिने भवन सिंहदरबारको कुरा गरेको हो र जनतालाई अझ धेरै अधिकार दिने कुराको पक्षपोषण गरेको हो’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले सोलुखुम्बु सगरमाथाको जिल्ला भनेर संसारमा चिनिएको पनि बताए ।

‘सगरमाथाको काखमा भएको तपाईको जिल्लामा सोलुखुम्बुबासीका निम्ती शिक्षा, स्वास्थ्य रोजगारी, बाटोघाटो, विद्युतीकरणले कस्तो मोडल अपनाउँछ त्यो पनि संसारभर देखिन्छ’, उनले सोलुमा भएको विकासको मोडल संसारले हेर्ने बताए ।

बाटोघाटोबाट नजोडिएका सोलुखुम्बुमा ४८ वटा वडामात्रै ५ बर्षमा जोडिएको, अस्पताल, विद्युतीकरण र शिक्षामा समेत भएको विकास समाजवादतर्फको यात्रा भएको उनले बताए । ‘साँच्चै संसारको सवैभन्दा अग्लो टाकुराबाट समाजवादको सन्देश दिनुभएको छ’प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal