आज :

समानुपातिकको लिष्ट बोकेर निर्वाचन आयोग जाँदै माओवादी

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रले समानुपातिक लिष्ट अपरान्ह साढे ४ बजे निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ ।

‘अध्यक्ष प्रचण्डसहित शीर्ष नेता सोलुखुम्बुको एक कार्यक्रममा गएर भर्खरै फर्किँदै हुनुहुन्छ । उहाँहरु फर्किएपछि छोटो समय पदाधिकारी बैठक बस्नेछ त्यसपछि समानुपातिक फाइनल गर्नेछौ’ माओवादीका एक नेताले भने– ‘पदाधिकारी बैठकले निर्णय गरेपछि लिष्ट लिएर साढे ४ बजेतिर बुझाउने तयारी गरेका छौ ।’

माओवादीले समानुपातिक लिष्ट फाइनल गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । सोही कार्यदलले फाइनल गरेपछि पार्टी पदाधिकारीले निर्णय गर्ने भएको छ ।

यसैबीच नेकपा एकीकृत समाजवादी पार्टी मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगमा समाजवादीका नेताहरु दिउँसो सवा ३ बजे पुगेका हुन् ।

बन्दसूचीको पहिलो नम्बरमा जनजातीतर्फ उपमहासचिव गंगालाल तुलाधरको नाम रहेको छ । समाजवादीले सम्पूर्ण क्लस्टर मिलाएर बन्द सूची आयोगमा बुझाउन लागेको हो ।

आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै तुलाधरले पार्टीले समानुपातिकमा १५ सिट ल्याउने दाबी गरे । उनले संघतर्फ ११० र प्रदेशतर्फ १२० सिटका लागि उम्मेदवारको बन्द सूची बुझाएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal