आज :

पुटिनले युक्रेन युद्धबारे मोदीसँग गरे यस्तो खुलासा, विश्वभर तरंग

  • अनलाइन डबली

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा पुटिनले आफूले युक्रेन युद्ध ‘सम्भव भएसम्म छिटो’ अन्त्य गर्न चाहेको बताएको खुलासा भएको छ ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले सार्वजनिक गरेको दुई नेताबीचको भेटघाटको विवरणमा उक्त कुरा उल्लेख छ । सांघाई कोअपरेसन अर्गनाइजेसन(एससीओ) को बैठकमा भाग लिन उज्वेकिस्तान पुगेका दुई नेताबीच शुक्रबार अलग द्वीपक्षीय वार्ता भएको थियो ।

भेटमा भारतीय प्रधानमन्त्रीले पुटिनसँग ‘आजको युग युद्धको युग नभएको र फोनमा पनि यस विषयमा जानकारी गराएको’ बताएका थिए । मोदीको संकेत युक्रेन माथिको रुसी आक्रमणतर्फ थियो । मोदीले प्रजातन्त्र, कुटनीति र वार्ताले विश्वलाई नजिक ल्याउने बताए ।

जवाफमा पुटिनले ‘युक्रेनले वार्ताको प्रस्ताव अस्वीकार गरेको बताए । ‘युक्रेन द्वन्द्वप्रति तपाईले आफ्ना चिन्ता निरन्तर व्यक्त गर्नु भएको छ । हामी युद्ध रोक्न सम्भव भएसम्म सबै गर्नेछौं । तर दुर्भाग्यवश युक्रेनी नेतृत्वले वार्ताको प्रक्रियालाई अस्वीकार गरिरहेको छ । उसले सैन्य माध्यमबाट उद्देश्य हासिल गर्ने घोषणा गरेको छ,’ पुटिनले मोदीसँग भने ।

भारत र रुस शीत युद्धकालदेखिका घनिष्ट मित्र शक्ति हुन् । अहिले पनि रुस भारतको सबैभन्दा ठूलो हतियार निर्यातक मुलुक हो । तर युक्रेन युद्ध सुरु भएपछि भारतले त्यसको विरोध जनाएको छ । भलै उसले पश्चिमी मुलुकजस्तो रुसी आयात निर्यात प्रतिबन्ध लगाएको छैन ।

मस्कोले भने ‘युक्रेनमा जारी विशेष सैन्य अपरेसन’ युक्रेनलाई आधार बनाएर हुनसक्ने पश्चिमी आक्रमकता रोक्न र पूर्वी युक्रेनमा बस्ने रुसी भाषीहरुको प्रतिरक्षाको लागि आवश्यक रहेको बताउने गरेको छ । पश्चिमी मुलुकले भने रुसका यी तर्कहरुलाई अस्वीकार गर्दै बिना सर्त युक्रेनमा रहेका रुसी सेना फिर्ता गर्नुपर्ने बताइरहेका छन् ।

यसबीच सेप्टेम्बर ६ देखि युक्रेनले पश्चिमले दिएका हतियारको सहयोगमा रुसी फौजविरुद्ध प्रत्याक्रमण सञ्चालन गर्न थालेको छ । त्यसमा युक्रेनले अप्रत्यासित सफलता हासिल गर्दा झण्डै ८ हजार वर्ग किमी जमिन रुसी कब्जाबाट फिर्ता गर्न सफल भएको छ ।

युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्ध भोगिरहँदा पुटिनले भारत र चीनजस्ता ठूला बजार रहेका मुलुकसँग न्यानो सम्बन्ध कायम राख्ने प्रयास गरिरहेका छन् । दुवै मुलुकले युक्रेन संकटपछि रुसी इन्धनको खरिद बढाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal