आज :

जनताले माओवादीको हातमा देशको चाबी दिन चाहेका छन्- प्रचण्ड

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन्।

स्थानीय चुनावमा पार्टीभित्र र गठबन्धनबाट प्राप्त शिक्षा र अनुभवसहित मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा चुनावको तयारीमा लाग्नुपर्ने उनले बताए।

पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी कमजोर हुँदा देशमा आएका परिवर्तनहरूको रक्षा गर्न गाह्रो पर्ने पनि बताए।

उनले जनताले माओवादीलाई फेरि देश चलाउने चाबी दिन चाहेको बताए। ‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्,’ उनले भने, ‘देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’

उनले पार्टी एकतावद्ध भई नेताहरू जनताका बीचमा जानुपर्ने पनि बताए। ‘यसो गरियो भने हामी देशको एक नम्बर कम्युनिष्ट पार्टी हुन्छौं,’ उनले भने।

उनले टिकट पाउने उम्मेदवार व्यक्ति मात्र नभई त्यो पार्टी हुने बताएका थिए। टिकट पाएकालाई जिताउन सबै लाग्नुपर्ने उनले बताए। तर स्वार्थका कारण उम्मेदवारले सहयोग नपाएको अवस्था रहेको उनको भनाइ थियो।

‘आफ्नो स्वार्थ र हितलाई सर्वोपरि ठाने पार्टी कमजोर हुन्छ। देश पनि कमजोर हुन्छ,’ उनले भने, ‘संविधान नै प्रतिगमनतिर जाने खतरा हुन्छ।’ उनले आफू जनयुद्धमाभन्दा पनि अहिले पार्टीका लागि खटिरहेको र अरू नेता तथा कार्यकर्ताहरू पनि पार्टी काममा खट्नुपर्ने बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal