आज :

जेलेन्स्कीलाई फेरि झट्का, रुसको कारवाहीमा परी ४ हजार युक्रेनी सेनाको मृत्यु, ८ हजार भन्दा बढी घाइते

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले कब्जा गरेको क्षेत्र फिर्ता लिन भन्दै अगाडि बढेको युक्रेनी फोर्सका चार हजार सेनाको मृत्यु भएको छ ।

पश्चिमा देशले दिएका हतियार र लडाकुसहित युक्रेनी फौज भूमि फिर्ता गर्ने भन्दै रुसी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा जान खोजेका थिए । पछिल्ला दिनमा युक्रेनले रुसी सेनाले कब्जा गरेको ३ हजार वर्गकिलोमिटर भूमि फिर्ता लिएको दाबी गरेको थियो ।

रुसी रक्षा मन्त्रालयले सेप्टेम्बर ६ देखि ११ सम्ममा पत्याक्रमणको लागि भन्दै आएका २ हजार युक्रेनी सेना रुसी कार्बाहीमा मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा युक्रेनी फौजका ४ हजार सेनाको मृत्यु हुनाका साथै ८ हजार सेना घाईते भएको बताइएको छ ।

यस क्रममा दर्जनौँ रकेट प्रहार गर्ने यन्त्र, गाडी, हेलिकप्टर र ड्रोनहरु समेत नष्ट गरिएको रुसले बताएको छ । गुमेको भूमि आफ्नो फौजले पुनः फिर्ता ल्याएको भन्दै खुशीका साथ भिडियो सन्देश गरिरहेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीलाई पछिल्लो क्षति‍ले झट्का लागेको बताइएको छ ।

तीब्र गतिमा अगाडि बढेको युक्रेनी सेना केही सुस्त भएको छ । उसले पुनः कब्जामा लिएको भनिएको शहरमध्येको एक बालाकलिया वरपर भीषण लडाइँ भइहरहेको बताइएको छ । रुसी सेनाको हमलामा परी युक्रेनी फौजले प्रयोग गरेका भवनहरू ध्वस्त भएका छन् भने सडकहरू मुख्यतया सुनसान छन् ।

यसैबीच रुसले खार्किभतर्फ सुदृढ आक्रमण केन्द्रित गरिरहेको बताएको छ । त्यसको लागि उसले डोनेट्स्कमा थप सैगनिक पठाएको छ । उच्च सैनिक कमाण्डर त्यहाँ पुगेको बताइएको छ । युद्धकला राम्रो भएका कमाण्डर त्यहाँ पुगेपछि लडाइँ थप भिषण बन्ने देखिएको छ ।

रुस र युक्रेनबीच युद्ध शुरु भएको दुई सय दिन पूरा भइक्सदा पनि लडाइँ झन् भिषण बन्दै गएको छ । कोरिया युद्धको रुप ‘पश्चिमा देशहरु भर्सेस रुस’ जस्तो देखिएको छ । पश्चिमा देशहरुले सैन्य अस्त्रसहित लडाकु पठाइरहेका छ्न । उनीहरुले कुनै पनि हालतमा रुसलाई जित्न नदिने घोषणा नै गरेका छन् भने उता रुस आफ्नो मिसन पूरा गरेरै छोड्ने बताउँदै आएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरुको प्रतिबन्धले आफ्नो देशलाई कुनै असर नपरेको बताउँदै त्यसले उनीहरुनै संकटमा परेको बताएका छन् ।

यसैबीच युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम रिएक्टर पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।

रूसको आक्रमणविरुद्ध युक्रेनको लडाईंको गतिले मस्कोको सेनालाई सतर्क बनाएको छ, जसले रूसले महिनौं अघिदेखि नियन्त्रण गरेको क्षेत्र युक्रेनको पक्षमा ल्याएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal