आज :

बाल दिवसका अवसरमा नरैनापुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान

  • अनलाइन डबली

नेपालगंज । बाँकेको नरैनापुर गाँउपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाउँपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा पालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।

कार्यक्रममा गाउँपालिकाले २६ विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुने विद्यार्थीहरुमध्ये दिक्षिणा यादव र पवन सिंह यादवले एसईईमा सर्र्बोत्कृष्ट अंक ल्याएकाले दुबै जनालाई ल्यापटप प्रदान गरिएको थियो । त्यस्तै, उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान, कापी झोला, प्रमाणपत्र र खाँदा लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको रोड निर्माण गर्नु मात्र नभएको बताउँदै शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रुपमा विकास हुँदै जाने बताए । अध्यक्ष शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “सर्बोत्कृष्ट २ जनालाई आज जसरी ल्यापटप प्रदान गरिएको छ, तपाईँहरु पनि मेहनत गर्नुहोस्, सर्वोत्कृष्ट हुने सबै विद्यार्थीहरुलाई ल्यापटप प्रदान गर्नेछौंँ ।” उनले गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको समेत बताए ।

गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद थारुले नरैनापुर भित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसलास्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन उर्जा प्रदान गर्ने उनको भनाइ थियो ।

यसैगरी वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यले शिक्षा क्षेत्रमा राजनीति नगर्न सबैलाई आग्रह गर्दै शिक्षा क्षेत्रको सुधारका लागि जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताउँदै उनले नरैनापुर ५ लाई अबको ५ वर्षमा शिक्षाको हब बनाउने बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्षसँगै प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. १ का अध्यक्ष इशाक जोलाह, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ५ का अध्यक्ष कृष्ण मौर्य, वडा नं. ४ का अध्यक्ष मनोज मिश्रा, जिन्सी शाखा प्रमुख भरत महतो, विपत शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, कमल केसीलगायतले सम्मान प्राप्त विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

सोही गाउँपालिकाको वडा नं. ६ मा रहेकोे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले आजै ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वकतृत्वकला कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा उत्कृष्ट भएकाहरुलाई गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पुरस्कार वितरण गरेका थिए ।

बाँकेको पूर्वी क्षेत्रमा रहेको सबै भन्दा विकट मानिएको नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातको सबैभन्दा ठूलो समस्या रहेको थियो भने ५ वर्षमा ठूलो परिर्वतन भएपनि सरकारबाट सहयोग हुने हो भने देशकै नमूना पालिकाको रुपमा स्थापित हुने स्थानीयको भनाई छ । यो पालिकामा ६ वडा रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal