आज :

नेपाल उद्योग व्यापार महासंघको उद्देश्य- समाजवादी अर्थतन्त्र निर्माण, भदौ ३० गते महाधिवेशन

  • अनलाइन डबली

काठमाण्डौ । समाजवादी अर्थतन्त्र निर्माणको उद्देश्य लिएर स्थापना भएको नेपाल उद्योग व्यापार महासंघको प्रथम महाअधिवेशन भदौ ३० गते बिहीबार हुने भएको छ । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै महासंघले महाअधिवेशनको तयारी पूरा भएको जनाएको हो ।

काठमाडौंको वानेश्वरस्थित होटल एभरेष्टमा आयोजना गरिएको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष श्याम बहादुर पाठकले जानकारी दिए । उने महाधिवेशनले नकारात्मक अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधारका लागि थप सहयोग पुर्याउने बताए । ‘नेपाल उत्पादनको क्षेत्रमा धेरै सम्भावना भएको देश हो । विश्वका धनी व्यक्तिको दाँजोमा पुग्ने स्रोत र साधनहरु मुलुकमा छन् । सरकारले उत्पादनका क्षेत्रमा आवश्यकता अनुसारको नीति नियम बनाउन सकेन’ पाठकले भने ।

सरकारको नीतिका कारण नेपालको लगानी अनुत्पादन क्षेत्रमा गइरहेको उनको भनाई छ । अध्यक्ष पाठकले भने, ‘सरकारले उत्पादनमा जोड दिने भनेको छ । तर, नेपाल पैसा भने अनुत्पादक क्षेत्रमा बढि गएको छ । केही पैसा पनि सिमित घराना व्यक्तिको हातमा छ ।’

महाधिवेशनमा देशभरका कम्तिमा ७५० वा प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुको उपस्थिति पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विभिन्न १७ वटा संघ मिलेर बनेको महासंघले प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ ।

‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगिकरण तथा व्यापार विविधिकरण’ मुल  नाराका साथ स्थापना भएको महासंघ गत असार ३१ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले विहान १० बजे उद्घाटन गर्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको थियो । यस्तै कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र कृषि तथा पशुपन्छि विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादलले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी उद्योगी विनोद च‍ौधरीलगायत बक्ताहरुले महाधिवेशनलाई सम्बोधन गर्ने जनाइएको छ । साथै प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । यसका साधारण सदस्य नेपालको सम्बन्धित सरकारी निकायमा दर्ता भएका लघु, घरेलु , साना तथा ठुला उद्योग, व्यवसाय र व्यापारी रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal