आज :

विमकलालाई श्रद्धाञ्जली दिदै नेताहरुले भनेः उहाँ क्रान्तिकारी सपुत जन्माउने आमा

  • एम.बी थापा

काठमाडौं । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’की ममतामही आमा विमकला बुढाथोकीको १३औं दिनमा राजधानीको संवाद डबलीमा मंगलबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ, वक्ताहरुले स्वर्गिय विमकलालाई भावपूर्ण श्रद्धाञ्जली दिदै सपुत जन्माउने आमा भएको बताएका छन् ।
हुम्ला जिल्ला सर्केगाड गाउँपालिका ६–बराईकीे ८५ वर्षको उमेरमा गत भदौ १६ गतेका दिन दिवंगत विमकलाका जेठा सुपुत्र धर्मजित बुढाथोकी‘अजय’ र बुहारी उपाल लामा‘प्रगति’(कर्णजित बुढाथोकीकी जीवन संगिनी) दश वर्षेे जनयुद्दमा सहिद भएका थिए ।

घरपरिवारद्वारा आयोजित कार्यक्रममा कान्छ पुत्र तथा माओवादी समाजवादीका अध्यक्ष बुढाथोकीले दिवंगत आमाले आफूहरुलाई जाहिले पनि देश र जनताको मुक्तिका निम्ति लड्न प्रेरित गर्ने गरेको कुरा स्मरण गरे । पहिलो संविधान सभाको सदस्य समेत रहेका बुढाथोकीले विगतलाई सम्झदै भने,“हामी प्रत्यक्ष जनयुद्धमा सहभागिहुँदा दजु गुमायौं जीवन संगिनी गुमायौं तर पनि आमाको मन टुटो बरु सधैं आफ्नो वर्गको हितमा लड्न नछोड्नु भन्दै उर्जा दिनु हुन्थ्यो र त अहिले पनि त्यो अर्तिले काम गरेकै छ ।”

हुम्ला जिविस पूर्व सभापति तथा नेकपा(माओवादी) केन्द्रका केन्द्रीय सदस्य वीरजंग शाहीले नेपालमा हजारौंको बलिदानी पछि स्थापित गणतन्त्र ल्याउने हजारौं सहिदकी आमा मध्येकी एक आमा विमकला भएको बताए । संविधान सभा सदस्य रिता शाहीले श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली समाजमा ज्यूँदो हुँदा आमाबाबालाई अपहेलना गर्ने तर देहान्त भएपछि भएनभएको खर्च गर्ने चलन बढेको भन्दै उनले भनिन्“माननिय सुशीलले उदाहरणियता पेश गर्नुभयो भगवन भनेकै आमाबुबा हुन् उहाँहरुलाई सम्मान गर्नु पर्छ ” ।

नेकपा(माओवादी केन्द्र) हुम्ला जिल्ला संयोजक डा.दीपेन्द्र रोकायाले क्रान्तिमा उर्जा थप्ने आमाको कोख खालि छैन भन्दै, कर्णजित बुढाथोकी जस्तो एक उदाहरणिय नेता जन्माएको जिकिर गरे । श्रद्धाञ्जली सभा जनयुद्धको एक राम्रो सँस्कार भएको र मानिसका राम्र नराम्रा पक्षको समिक्षा गर्ने अनि नराम्रा कुरा चटक्कै विर्षेर राम्रा कुरालाई समाजमा प्रचार गर्नु सहि विषय भएको बताए । सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले हुम्लाकी सहिद तथा परिवर्तनको जग वसाउने आमाकोरुपमा रहेको बताए । त्यसैगरी गाउँपालिका पूर्व अध्यक्ष कृष्ण रोकाया‘करुण’ले धर्मजित तथा कर्णजीत जस्ता वीर सपुत जन्माउने आमाको संज्ञा दिदै श्रद्धाञ्जली सभाले हरेक दुःख र सुखमा सहकार्य गर्नुपर्छ भन्ने सन्देश दिएको धारणा राखे ।

घरपरिवारको तर्फबाट बुहारी ज्ञानुमाया शाहीले सासुभन्दा पनि आमाको रुप पाएको स्मरण गरिन् । आफू,आफ्नो घरपरिवारको लागि जो जसलेपनि हित चिताउने र जुन स्वभाविक अनि प्रकृतिक कुरा भएको बताउँदै, समाज परिवर्तनको निम्ति लड्न र राम्रो संस्कार सिकाउने त्यगी र ठूलो दिल भएका कमै आमा माध्येकी एक आफ्नो सासुआमा भएको बताईन । हुम्लाका विशिष्ट व्यक्तित्वहरु उपस्थित सो श्रद्धाञ्जली कार्यक्रम सहिद परिवार सदस्य जटिल कार्कीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal