आज :

संसदको कार्यकाल सकिनुअघि नै राणामाथिको महाभियोग टुंगिने

  • अनलाइन डबली

काठमाडौँ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग ४३ प्रश्न सोधेर सकाएकाे छ ।

जबरासँग सबै प्रश्न सोधेर मंगलबार सकिएपछि​समितिले संसदको यो कार्यकालभित्रै निलम्बित प्रधानन्यायाधीश जबराबारे निर्णयमा पुग्ने भएको छ ।

सोही अनुसार जबरासँग जोडिएका विषयलाई अन्तिम रुप दिन भदौ २९ गते समेत बैठक बोलाइएको समितिले जनाएकाे छ ।

‘पुरक प्रश्नका विषयमा अहिलेसम्म भएका बयानमा उल्लेख गरेका कुरा रेकर्ड हुँदैछन् । त्यो समेत अध्ययन गरेर पुन पुरक प्रश्नका लागि समय दिएर बोलाउने भन्ने कुरा भएको छ’, नवनियुक्त समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले भने, ‘भोली बिहान नौ बजे अर्को बैठक राखिएको छ । त्यसमा बुझ्नुपर्ने प्रमाण, उल्लेख गरेका व्यक्तिका बारेमा छलफल गरेर आवश्यक परेको खण्डमा समितिमा बोलाएर बुझ्नुपर्ने भए बुझ्ने भन्ने कुरा भएको छ ।’

त्यस्तै उनले प्रतिवेदन लेखनको काम भइरहेको भन्दै प्रतिवेदन कसरी लेख्ने भन्ने कुरा पनि समितिको निर्णयअनुसार नै हुने बताए ।

संसदको कार्यकाल सकिन लागेको अवस्थामा राणमाथिको महाभियोग के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा गौतमले भने, ‘संसदको कार्यकाललाई विचार गरेर नै निष्कर्षमा पुर्याउने भनेर भोलिसमेत बैठक बोलाइएको हो ।’​

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal