आज :

विप्लव नेकपाका युवा नेता माओवादी केन्द्रमा प्रवेश

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (विप्लव) समूहको युवा संगठन लुम्बिनी प्रदेश इन्चार्ज हरि बस्नेत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी प्यूठान माण्डपी गाउँपालिका निवासी हुन् ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) राज्य समिति सदस्य प्यूठान नगरपालिका वडा नं. १० निवासी विश्व केसी (सुवोध) पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मंगलबार बुटवलमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेव, स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश अध्यक्ष सुदर्शन वराललगायतका नेताहरुले नवप्रवेशी बस्नेत र केसीलाई स्वागत गरेका थिए ।

सो अवसरमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज खनालले माओवादी केन्द्रले जनताको एजेण्डा बोकेकाले पार्टीमा आकर्षण बढेको बताए ।

पूर्व माओवादीबाट अलग भएर गएकाहरु पार्टीमा फर्किने क्रम बढेको बताउँदै उनले यसले वाम एकतालाई बल पु¥याएको बताए ।

निर्वाचन नजिकिँदै जाँदा लुम्बिनी प्रदशका अन्य जिल्लामा पनि पार्टी प्रवेशका कार्यक्रम भइरहेको प्रदेश सचिव कृष्ण अधिकारीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal