काठमाडौँ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समिति अध्यक्ष ली चान्शुसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको भेटवार्ता भएको छ।
सोमबार नेपाल आएलगत्तै सभामुख अग्नि सापकोटासँग भेटवार्ता गरेका लीले मंगलबार राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासँग भेटवार्ता गरेका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो ।
यस्तै ली र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको हो।
भेटमा नेकपा एमालेका तर्फबाट सुवास चन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, राजन भट्टराई, विष्णु रिमाललगायत नेताको सहभागिता थियो । ओलीसँगको भेटवार्तापछि उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली





