आज :

दशैंको मुखैमा ह्वात्तै बढ्यो चामलको मूल्य, भारतले गर्यो निर्यातमा कडाई, वियर उद्योग समस्यामा

  • अनलाइन डबली

काठमाडौँ । दशैंको मुखमै चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्दैछ भन्ने संकेत पाएपछि थोक बिक्रेताले भदौ पहिलो सातादेखि नै चामलको मूल्य बढाएका हुन् ।

भदौ लागेपछि चामलको उपभोक्ता मूल्य प्रतिकेजी १५ रुपैयाँसम्म बृद्धि भएको किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । थोक बिक्रेताले चामलको मूल्य बढाएर पठाएकाले खुद्रा पसलमा पनि मूल्य बढेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

‘चामलको मूल्य प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढिसकेको छ, भदौदेखि नै मूल्य बढेको हो,’ अध्यक्ष श्रेष्ठले भने । यस्तै, खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्य पनि चामलको खुद्रा मूल्य प्रतिबोरा २ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्मले बढिसकेको बताउँछन् । भदौ पहिलो साता नै चामलको मूल्य बढ्नुको कारण भारतले निर्यातमा कडाई गर्दैछ भन्ने अनुमानका आधारमा भएको बुझिन्छ ।

खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार चामलको मूल्य बढाउन चलखेल सुरू भइसकेको बताउँछन् । भारतले निर्यात कर बढाउने निर्णय गरेसँगै नेपालका थोक बिक्रेताले मूल्य बढाउन सुरू गरेको उनको भनाई छ । नेपालमा सिमित संख्यामा रहेका थोक व्यापारीले मूल्य बढाउन थालेको र सोही अनुसारको बिल खुद्रा व्यापारीलाई पठाउन सुरु गरिएको उनले बताए ।

‘भारतमा बढ्ने वित्तिक्कै नेपालमा मूल्य बढ्छ, त्यसको गाली हामी खुद्रा व्यापारीले खान्छौं तर, मूल्यमा चलखेले गर्ने व्यापारीको संख्या २५ देखि ३० जनाको मात्रै छ,’ महासचिव तुलाधरले भने ।

भारतको नयाँ निर्णयले चामलको मूल्य प्रतिकेजी ४० रुपैयाँसम्म बढ्न सक्ने उनको अनुमान छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता भने भारतले २० प्रतिशत कर बढाएपछि सोही अनुपातमा मूल्य बढ्ने बताउँछन् ।

‘भारतले निर्यातमा प्रतिवन्ध लगाएको होइन, उसले निर्यातमा २० प्रतिशत कर बढाएको मात्रै हो, अब नेपालमा पनि चामलको मूल्य २० प्रतिशतले बढ्छ,’ अध्यक्ष गुप्ताले भने । उनले भदौ महिनामा बढेको चामलको मूल्य खास कारण नभई स्वभाविक मूल्य बृद्धि भएको दाबी गरे । गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघ नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष पनि हुन् ।

वियर उद्योग समस्यामा
भारतले धान र चामलको निर्यातमा कर बृद्धि गरेको छ भने कनिका निर्यातमा पूर्णतः प्रतिवन्ध लगाएको छ । भारतको यस्तो निर्णयपछि नेपाली वियर उद्योगहरु समस्यामा पर्ने उद्योगीले बताएका छन् । वियर उद्योगले भारतबाट कनिका आयात गरी त्यसैबाट वियर उत्पादन गर्ने गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal