आज :

प्रभु बैंक र नेपाल एल.पि. ग्यास उद्योग संघबीच बैंकिङ्ग सेवा विस्तार गर्नेबारे सम्झौता

  • अनलाइन डबली

काठमाडौँ । प्रभु बैंक लिमिटेड र नेपाल एल.पि. ग्यास उद्योग संघबीच बैंकिङ्ग सेवा विस्तार गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । प्रभु बैंक लि.को बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नेपाल एल. पि. ग्याँस उद्योग संघका तर्फबाट निवर्तमान अध्यक्ष गोकुल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक र नेपाल एल.पि. ग्यास उद्योग संघका बिच सम्पन्न उक्त सम्झौतामा बैंकले संघमा आवद्ध सदस्यहरुलाई नेपाल आयल निगम बाट एल.पि. ग्यास खरिद र ढुवानी प्रयोजनका लागि खरिद डेलिभरी अर्डर जारी गर्न गैर कोषमा आधारित बैंक जमानत कर्जा एवं अन्य सुविधाहरु उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै, नेपाल एल.पि. ग्यास उद्योग संघका सम्पूर्ण सदस्यहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पश्चात नेपाल एल.पि. ग्याँस उद्योग संघका सदस्यहरु लाभान्वित हुने बिश्वास बैकले लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal