आज :

बालुवाटारमा गठबन्धनका नेताहरूबीच बहुपक्षीय छलफल

  • अनलाइन डबली

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन बनाएर जाने कसरत गरिरहेका सत्तारुढ पाँच दलका नेताहरू दुई पक्षीय र त्रिपक्षीय बैठकमा जुटेका छन् ।

एउटै निर्वाचन क्षेत्रमा दाबी गर्ने दुई-तीन दलका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

सत्तारुढ गठबन्धनका नेताहरू सिट बाँडफाँटमा सहमति नजिक पुगेको कार्कीले जानकारी दिए । ‘निर्णयको नजिकमा सहमतिपूर्ण तरिकाले गएका छौं । सबैले लचिलो हुनुको विकल्प छैन तर दलहरूको आ-आफ्नो अडान छ । ती अडानमा सूक्ष्म ढंगले छलफल गरेर अगाडि बढेका छौं,’ उनले भने ।

दलका नेताहरूबीच कुन क्षेत्र कसले लिने भन्नेबारे छलफल भइरहेकाले तत्काल निष्कर्ष निस्कने संभावना नरहेको कार्कीले संकेत गरे ।

‘दुई पक्षीय र त्रिपक्षीय छलफल चलिरहेको छ । अझै छलफल बाँकी रहन्छ,’ उनले भने । एउटै निर्वाचन क्षेत्रमा दाबी गर्ने दलहरूबीच छलफल भइरहेको कार्कीले जानकारी दिए ।

उनले भने, ‘एउटै सिटमा दुई, तीन दलले दाबी गरेका छन् । त्यो सबै मिलाएर एक जना मात्रै गठबन्धनको उम्मेदवार बनाउनका लागि दुईपक्षीय र त्रिपक्षीय छलफल भइरहेको छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal