आज :

तीन दिने भ्रमणका लागि चिनियाँ नेता ली काठमाडौंमा

  • अनलाइन डबली

काठमाडौँ । चिनियाँ जनकंग्रेसका सभामुख ली चान्सु नेपाल आइपुगेका छन्। अपरान्ह साढे तीन बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका लीलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका छन्।

लीसहितको चिनियाँ प्रतिनिधि मण्डल नेपालको तीन दिने भ्रमणका लागि आएका हुन्। नेता ली सभामुख सापकोटाले सोमबार साँझ आयोजना गरेको रात्री भोजमा सरिक हुनेछन्।

चिनियाँ नेता लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ। बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची छन्।

नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङपछि तेस्रो वरीयतामा छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal