आज :

चिनियाँ सभामुख नेपाल पुग्नै लाग्दा काठमाडौंमा घट्यो यस्तो घटना, प्रहरी हवल्दारसहित ३ जना घाइते

  • अनलाइन डबली

काठमाडौँ । आज चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका चान्सु सभामुख अग्नि सापकोटाको औपचारिक निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् ।

भ्रमणको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नेछन् । प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेट हुने बताइएको छ ।

गत २५ चैतमा भएको भर्चुअल संवादका क्रममा सापकोटाले चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । त्यसको केही समयपछि चैत महिनामा विदेशमन्त्री वाङ यी र असार अन्तिम साता सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण गरेका थिए ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङ पछिका दोस्रो ठूलो तहका नेता हुन् । सीले २०७६ सालको २५ देखि २७ असोजसम्म राजकीय भ्रमण गरेका थिए । त्यसपछि चीनबाट विभिन्न तहका भ्रमणहरू निरन्तर भइरहेका छन् ।

उनको भ्रमणअघि उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी व्यापक परिचालन गरिएको छ । यहि बेला कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ। झडपमा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा २ जना मिटरब्याज पीडित र एकजना प्रहरी हवल्दार छन् ।

मिटरब्याज पीडित प्रदर्शनका लागि माइतीघर मण्डल आउँदै गर्दा प्रहरीले रोकेको थियो। गाडीमा आउन लागेका उनीहरूलाई प्रहरीले रोकेपछि विवाद सुरू भएको थियो।

प्रहरीले गाडीमा आउन नदिएपछि मिटरब्याज पीडितहरू हिँडेरै माइतीघर आउन लागेका थिए। हिँडेर आउन लाग्दा पनि प्रहरीले रोकेपछि झडप भएको हो।

प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज र कुटपिट गरेको अभियन्ता निर्घ नवीनले बताए। मिटरब्याज पीडितलाई प्रहरीले कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखेको छ।

उनीहरूले प्रहरी वृत्तमा पनि नाराबाजी गरिरहेका छन्। मिटरब्याज पीडितहरू केही समयदेखि कीर्तिपुरमा टहरा बनाएर बसेका छन्। उनीहरू यसअघि गौशाला क्षेत्रमा बस्थे।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal