आज :

गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक अहिले जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बिहान ८ बजे बस्ने भनिए पनि केहि ढिला गरी सुरु भएको हो।

बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ। आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँड गरेर गठबन्धन जान लागेको हो।

आइतबार सिट बाँडफाँडका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिएका थिए।

जारी बैठक सिट बाँडफाँडमा केन्द्रित रहेको छ। कार्यदलले दिएको सुझावका आधारमा शीर्ष नेताले सिट बाँडफाँड गर्ने भएका हुन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची २ र ३ असोज र प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजमा रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal