आज :

गठबन्धनका शीर्ष नेताको बैठक भोलि बस्ने

  • अनलाइन डबली

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि हुँदै आएको छलफल आइतबार पनि ठोस सहमतिमा पुग्न सकेको छैन ।

आइतबार बसेको गठबन्धनको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरे पनि सिट बाँडफाँटमा कुरा नमिलेपछि बैठक सोमबारका लागि सारिएको छ ।

आजको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे समीक्षा भएको तर शीर्ष नेताको बीचमा कुरा नमिल्दा भोलि फेरि छलफल गर्ने गरी बैठक टुङ्ग्याइएको एक नेताले बताए। मुख्यतः कसले कति सिट लिने भन्ने विषयमा कुरा नमिलेको उनको भनाइ छ ।

गठबन्धनमा रहेका दलले आफ्ना अडानमा केही लचकता देखाएको अवस्थामा सहमति जुट्न कठिन नभएको गठबन्धन घटककै अर्का एक नेताले बताए । तर नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका कारण गठबन्धनमा कुरा मिलाउन गाह्रो भइरहेको ती नेताको भनाइ छ ।

विगतमा जितेको सिटभन्दा बढी सिटमा नेकपा एकीकृत समाजवादी र जसपाले दाबी गरिरहेका छन् । त्यसका लागि नेकपा एकीकृत समाजवादीले एमालेले जितेका सबै सिटमा दाबी गरे जस्तै जसपाले पनि तत्कालीन राजपा (अहिलेको लोसपा) ले जितेको ठाउँमा दाबी गरिरहेको छ ।

गत चुनावमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल र राजपाबीच गठबन्धन भएर उम्मेदवारी दिइएको थियो । पछि यी दुई दल एकीकृत भएका थिए । तत्कालीन राजपाले जितेको ठाउँमा जसपाले आफ्नो सीट दाबी गरिरहेका कारण विवाद नमिलेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal