आज :

भाटभटेनी पुग्यो महानगरको डोजरः संरचना भत्काइँदै, तनावमा मीनबहादुर गुरूङ

  • अनलाइन डबली

काठमाडौं । आज काठमाडौं महानगरपालिको डोजर भाटभटेनी पुगेको छ । काठमाडौँ महानगरपालिका ३२ मा रहेको भाटभटेनी सुपर मार्केटले नक्सामा पार्किङको लागि बनाएको बेसमेन्ट अन्य प्रयोजनमा प्रयोग गरिएको पाइएको छ । डोजरसहित पुगेको महानगरको टोलीले अहिले बेसमेन्ट खाली गरिरहेको छ । महानगरले बेसमेन्टमा बनाइएका संरचना भत्काउन सुरु गरेको छ ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अर्को प्रयोजन भएको पाइएकोले संरचना भत्काउन लागिएको हो ।

महानगरको टोली डोजरसहित पुगेपछि भाटभटेनीका संचालक मीनबहादुर गुरुङ तनावमा परेका छन् । उनले काठमाडौँ र बाहिर बनाइएको सबै भवनको बेसमेन्ट पार्किङको लागि नभएर अन्य प्रयोजनमा प्रयोग गरिरहेका छन् । अब भाटभटेनीका सबै भवनका बेसमेन्ट गुरूङले खाली गर्नु पर्ने अवस्था आएको छ ।

यसरी नै नक्सामा पार्किङको लागि भनिएका बेसमेन्ट अन्य प्रयोजनको लागि प्रयोग भइरहेका महानगरभित्रका ठूलो भवनमा महानगरको नजरमा परेका छन् । महानगरको टोलीले यसअघि न्यूरोड, बानेश्वर, बसन्तपुरलगायतका क्षेत्रका व्यसायीक भवनका बेसमेन्ट खाली गराएको थियो ।

यसैबीच ललितपुर महानगरपालिकाले पनि मापदण्ड विपरित बनेका भौतिक संरचना हटाउन जुटेको छ । काठमाडौँका मेयर बालेन शाहले धामाधम मापदण्ड विपतिरका भौतिक संरचना भत्काउँदै र बेसमेन्ट खाली गराउँन लागेपछि यो अभियान ललितपुरसम्म पुगेको छ ।

आज ललितपुर महानरपालिकाका मेयर चिरिबाबु महर्जनले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाउन सुरु गरेका छन् । महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो ।

तर महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ । अहिले महानगरका मेयर महर्जनसहितको टोलीले पेट्रोल सेन्टरमा भएको इन्धन खाली गराइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal