आज :

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीविरुद्ध नेविसंघको प्रदर्शन

  • अनलाइन डबली

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ ।

नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो । विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

‘नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपतिको पुत्ला जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गर्‍यो’, त्रिचन्द्रमा अध्यययनरत दिनेश कार्कीले भने, ‘प्रहरीसँगको हानहानमा एउटा साथीको हातमा चोट लागेको छ ।’

उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए । प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा ठाउँठाउँमा झडप पनि भएको थियो ।

नेविसंघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा केही समय घन्टाघर आसपासको सवारी आवागमन अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal